News Category 2073/04/02
सेवाग्राहीलाई कुटपिट गरेका कर्मचारीले मागे माफि
राजविराज÷मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई गरेको कुटपिटका सम्बन्धमा कर्मचारीहरुले शनिबार माँफी माँगेपछि आईतबारदेखि कामका सुचारु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत प्रेम कुमार उपाध्यायको अध्यक्षतामा शनिबार सम्पन्न बैठकपछि कर्मचारीहरुले माफि मागेका हुन । यस्तै सम्पन्न बैठकले सेवाग्राही तथा कर्मचारी बिचमा सेवा प्रवाह र सेवा लिने दिने काममा कुनै किसिमको विवाद उत्पन्न नहुने, जिल्लाको विभिन्न सरकारी कार्यालयहरुमा प्रवाह भईरहेको सेवालाई अझ प्रभावकारी तथा चुस्त दुरुस्त पार्ने, असार २९ गतेमा मालपोत कार्यालय सप्तरीमा कार्यरत कर्मचारी र सेवाग्राही बिचको झै झगडाको क्रममा घाईते भएका सेवाग्राही श्याम प्रसाद साहलाई औषधि उपचार खर्च उपलब्ध गराउने सर्वसम्मत निर्णय गरिएको छ ।
त्यस्तै सेवाग्राही तथा कर्मचारी बिचको विवादलाई समाधान गर्नका लागि घटनामा संलग्न मालपोत कार्यालयका कर्मचारीहरुलाई अब कुनै किसिमको विवाद नगर्ने प्रतिवद्धतापछि आइतबारदेखि कार्यालयको सम्पुर्ण कामकाज सुचारु हुने सर्वसम्मत निर्णय भएको मधेशी मोर्चाका पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
यसअघि मालपोत कार्यालय सप्तरीमा बुधबार दिउँसो राजविराज नगरपालिका वडा नम्वर १० का ३४ वर्षिय श्यामप्रसाद साहलाई जग्गा रजिष्ट्रेशन गराउने क्रममा त्यहाका कर्मचारीहरुले निर्घात कुटपीट गरी घाइते बनाएका थिए ।
रजिष्ट्रेशन फाँटका कर्मचारी धर्मेन्द्र खड्का, योगेन्द्र अधिकारी, जामुन यादव, पशुपती देवले काम छिट्टै अगाडी बढाइदिनका लागि दुई सय रुपैयाँ घुस माग गर्दा साहले नदिने अडान लिएपछि कुटपिट गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ