News Category 2073/04/02
सप्तरीमा युवा सम्मेलन हुने
राजविराज÷सप्तरीकै इतिहासमै पहिलो पटक जिल्लाका सम्पूर्ण गाविस तथा नगरपालिकाहरुबाट युवाहरुको भेला गरी सम्मेलन गरिने भएको छ ।
आगामी साउन २८ गते विश्व युवा दिवसको अवसर पारेर युवा सम्मेलनको आयोजना गरिने जिल्ला युवा संजालका संयोजक मोहन यादवले जानकारी दिनुभयो ।
संजालको अगुवाईमा शनिबार बिहान जिल्ला खेलकुद विकास समितिको युवा सूचना केन्द्रमा भएको युवाहरुको एक भेलाले यस्तो निर्णय गरेको हो । युवा सम्मेलनका लागि मूल समितिसहित बिभिन्न समितिहरु गठन समेत गरिएको छ ।
भेलाले नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवणकुमार देवको संयोजकत्वमा नौ सदस्यीय मूल समिति गठन गरिएको छ । समितिमा बिष्णु यादव, आयुष श्रेष्ठ, मोहन यादव, बिरेन्द्र मण्डल, प्रियंका देव, नन्दकिशोर गुप्ता, मुकेश मण्डल र अनिल इसर सदस्य रहेका छन् ।
यस्तै बिष्णु यादवको संयोजकत्वमा गठन भएको आर्थिक उप समितिको सदस्यहरुमा पवन साह, मोहन यादव, रामप्रकाश चौधरी मेनुका दा र दिपेन्द्र दासलाई चयन गरिएको छ ।
बिरेन्द्र मण्डलको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नन्दकिशोर गुप्ता बिमलेश यादव, रोशण यादव र विजय देवलाई चयन गरिएको छ ।
त्यस्तै आयुष श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रचार प्रसार समितिका सदस्यहरुमा प्रमोद कुमार यादव र रामकुमार यादवलाई चयन गरिएको छ ।
प्रत्येक गाविसबाट दुई जना र नगरपालिकाहरुबाट चार जना युवाहरु बोलाएर युवाहरुको समस्या पहिल्याउने र ती समस्या समाधान गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले युवा सम्मेलन गराउने संयोजक देवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ