News Category 2073/04/02
सप्तरीमा युवा सम्मेलन हुने
राजविराज÷सप्तरीकै इतिहासमै पहिलो पटक जिल्लाका सम्पूर्ण गाविस तथा नगरपालिकाहरुबाट युवाहरुको भेला गरी सम्मेलन गरिने भएको छ ।
आगामी साउन २८ गते विश्व युवा दिवसको अवसर पारेर युवा सम्मेलनको आयोजना गरिने जिल्ला युवा संजालका संयोजक मोहन यादवले जानकारी दिनुभयो ।
संजालको अगुवाईमा शनिबार बिहान जिल्ला खेलकुद विकास समितिको युवा सूचना केन्द्रमा भएको युवाहरुको एक भेलाले यस्तो निर्णय गरेको हो । युवा सम्मेलनका लागि मूल समितिसहित बिभिन्न समितिहरु गठन समेत गरिएको छ ।
भेलाले नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवणकुमार देवको संयोजकत्वमा नौ सदस्यीय मूल समिति गठन गरिएको छ । समितिमा बिष्णु यादव, आयुष श्रेष्ठ, मोहन यादव, बिरेन्द्र मण्डल, प्रियंका देव, नन्दकिशोर गुप्ता, मुकेश मण्डल र अनिल इसर सदस्य रहेका छन् ।
यस्तै बिष्णु यादवको संयोजकत्वमा गठन भएको आर्थिक उप समितिको सदस्यहरुमा पवन साह, मोहन यादव, रामप्रकाश चौधरी मेनुका दा र दिपेन्द्र दासलाई चयन गरिएको छ ।
बिरेन्द्र मण्डलको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नन्दकिशोर गुप्ता बिमलेश यादव, रोशण यादव र विजय देवलाई चयन गरिएको छ ।
त्यस्तै आयुष श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रचार प्रसार समितिका सदस्यहरुमा प्रमोद कुमार यादव र रामकुमार यादवलाई चयन गरिएको छ ।
प्रत्येक गाविसबाट दुई जना र नगरपालिकाहरुबाट चार जना युवाहरु बोलाएर युवाहरुको समस्या पहिल्याउने र ती समस्या समाधान गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले युवा सम्मेलन गराउने संयोजक देवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/32 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/03/32 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/03/32 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ