News Category 2073/04/03
एजेन्डा पुरा नभएसम्म सरकारमा नजाने ः फोरम उपाध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु यादवले मधेशको एजेन्डा पुरा नभएसम्म सरकारमा नजाने बताउनु भएको छ ।
संघिय गठबन्धनको आह्वानमा सप्तरीको सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा विगत १६ दिनदेखि जारी रिले अनसनको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले मधेशको माग सम्बोधन नभएसम्म मधेशमा जारी आन्दोलन नरोकिने बताउँदै असोज महिनापछि फेरी निर्णायक आन्दोलन गर्ने बताउनुभयो ।
मधेशी मोर्चा सप्तरीका संयोजक नरेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष एवं पुर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादवको विशिष्ट आतिथ्यमा आयोजित सो समापन्न कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, सत्य नारायण यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव लगायतका बक्ताहरुले मधेशको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
यसअघि आइतबार १६ औं दिनको रिले अनसनमा संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु यादव, नेपाल सदभवाना पार्टीका केन्द्रिय सदस्य राम नारायण यादव, सुरेन्द्र प्रसाद सिंह, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र कुमार चौधरी, सत्य नारायण यादव, दिनेश कुमार यादव, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, भरत प्रसाद साह, फोरम गणतान्त्रिकका नेत्रविक्रम साह, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष रामपृत यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गणतान्त्रिकका कृष्णा प्रसाद यादव, सदभावना पार्टीका लक्ष्मण यादव, तमसपाका मो.सलीम, सिताराम यादव, फोरम नेपालकी महिलानेतृद्वय सुनिता साह, रमिला साह सहितकाहरु नेताहरु अनसनमा बसेका थिए ।
यसअघि आन्दोलनमा रहेको सम्पूर्ण मधेशवादी दलका जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, जिल्ला सदस्य, विभिन्न पार्टीका युवा, विद्यार्थी, महिला नेतृ लगायतका नेताहरु १६ दिनसम्म रिले अनसनमा सहभागिता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ