News Category 2073/04/03
प्रेस सेन्टर प्रदेश नं. २ को संयोजकमा देवराम यादव
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
प्रेस सेन्टर नेपाल प्रदेश नं. २ को संयोजकमा सप्तरीका देवराम यादब चयन हुनु भएको छ । जनकपुरमा सम्पन्न प्रेस सेन्टरको एकता भेलाले यादवको संयोजकत्वमा २५ सदस्यीय प्रादेशिक समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।
शनिबार सम्पन्न एकता भेलाले समितिको सहसंयोजकमा सप्तरीका राजु विश्वकर्मा, सिरहाका हिरालाल चौधरी, धनुषाका शैलेन्द्र महतो, महोत्तरीका जनार्दन पोखरेल, सर्लाहीका भक्ति रिजाल, रौतहटका जितेन्द्र श्रीवास्तब, बाराका रामबाबु मेहता र पर्साका दिपक गौतम चयन हुनु भएको छ ।
भेलाले सुनिता बराल, विनु जिम्बा, सरद लामा, सुनिता महतो, आषिश विश्वकर्मा, रामभरोसी यादब, दिनेश यादब, मनोज साह, महेश्वर अधिकारी, फैजुला आलम, निरज पिठाकोठे, मुनेश लायो मगर, विन्दु यादब, डम्बर राई, नेहा झा र गोविन्द महतोलाई सदस्यमा चयन गरेको छ ।
यसअघि नेकपा माओवादी केन्द्रका सचिबालय सदस्य गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा भएको एकता भेलामा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामचन्द्र मण्डल, केन्द्रीय सदस्य झल्कु यादब, सांसद रामसिंह यादब, पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, प्रेस सेन्टरका केन्द्रीय प्रतिनिधी एसबी थापा, इन्सेक धनुषाका प्रतिनिधी विनोद महरा लगायतले बोल्नु भएको थियो ।
भेलाले आगामी भदौ १० गते काठमाडौंमा हुने प्रेस सेन्टरको केन्द्रीय अधिवेशनलाई भव्यताका साथ सफल पार्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ