News Category 2073/04/04
अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने गठबन्धनको निर्णय साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा
दैनिक समाचारदाता
काठमाडौँ, ३ साउन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा सोमबार बसेको गठबन्धनको बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।
गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा काँग्रेस–माओवादी गठबन्धनले लिखित सहमतिको प्रतिबद्धता जनाएको खण्डमा गठबन्धन सरकारमा सहभागी हुने मोर्चाले संकेत भने दिएको छ । यद्यपि, गठबन्धनले तत्काल सरकारमा जाने वा नजानेबारे कुनै निर्णय गर्न सकेन ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंको खुल्ला मञ्चको रिले अनसन पछि आइतबार र सोमबार बसेको गठबन्धनको बैठकबाट अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठक पछि सोमबार गठबन्धनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा ३९ दिने रिले अनसन सफल भएको निष्कर्ष निकाल्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
करिब दुई महिने राजधानी केन्द्रित आन्दोलन सकेको गठबन्धनले चौथो चरणमा साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
राजधानी काठमाडौँसहित देशका विभिन्न १० स्थानमा बुद्धिजीवी तथा राजनीतिक दलका नेतालगायतसँग बृहत् अन्तक्र्रिया गरिने जनाएको छ ।
गठबन्धनको घोषित कार्यक्रमअनुसार काठमाडौँमा साउन ५, धनगढीमा १७, घोराहीमा २२, बुटवलमा २५, हेटौँडामा ३२, चन्द्रनिगाहपुरमा भदौ ४, बर्दिवासमा ११, इटहरीमा १७, बिर्तामोडमा २२ र विराटनगरमा २८ गते अन्तक्र्रियात्मक कार्यक्रम हुनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ