News Category 2073/04/05
पिछडावर्गको समान अधिकार सुनिश्चितता नभए काठमाडौंबाट आन्दोलन शुरु गर्ने चेतावनी
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले राज्यको हरेक निकायमा पिछडावर्गको समान अधिकार सुनिश्चितता नभए काठमाडौंबाट आन्दोलन शुरु गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल पिछडावर्ग महासंघ सप्तरीको चौथो जिल्ला अधिवेशनको मंगलबार उदघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले राज्यले हरेक दृष्टिकोणबाट विभेद गरेकै कारण पिछडागवर्ग झन पछाडी पारिएको आरोप लगाउँदै पिछडावर्गको उत्थान हुनुपर्नेमा जोड दिनुभयो ।
राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी सहितका पिछडावर्गलाई समान आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष ठाकुरले पिछडावर्गको एजेन्डा पुरा गराउनका लागि बलिदानी दिनबाट समेत पछाडी नपर्ने उदघोष गर्नुभयो ।
नेपाल पिछडावर्ग महासंघ सप्तरीका अध्यक्ष शिवशंकर साहको अध्यक्षतामा आयोजित सो जिल्ला अधिवेशनको उद्घाटन समरोहमा महासंघका केन्द्रिय महासचिव बिन्देश्वरी लाल ठाकुर, केन्द्रिय सचिव रजनिश कान्त कुशवाहा, उमदेश्वर प्रसाद साह, विद्यार्थीका केन्द्रिय अध्यक्ष प्रकाशमणी राउत, हलेश्वर कापैर, महासंघका केन्द्रिय सदस्य जगत पैकरा, भिखो माझी, नित्यानन्द पैकडा, शंकर प्रसाद गुप्ता, बिरेन्द्र भगत, सुनिता साह, लिला ठाकुर, अशोक साह, राज कुमार साह सहितका बक्ताहरुले राज्यको हरेक निकायमा पिछडावर्गको समान अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।
महासंघका दिनेश कुमार साहद्वारा संचालित सो उदघाटन समारोहमा महासंघका सक्रिय सदस्य महिदेव चौधरीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । पिछडावर्गमा कुशवाहा, कुर्मी, कुमहार, कलवार, केवट, कानु, तेली, नुनिया, बनिया, माली, मल्लाह, बरै, यादव, राजभर, राजधोव, रौनियार, लोहार, सुडी, सैनी, सोनार, हलुवाई, हजाम, अमात लगायत ३६ जातजातीहरु समोवश रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ