News Category 2073/04/06
सामान्य वर्षामा पनि आवतजावतमा कठिनाई
दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
सप्तरीको कबिलासा गाविसस्थित जुडी नदीमा आएको बाढीका कारण त्यहाँका करिब दुई हजार विगहा खेती योग्य जग्गा डुबानमा परेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् ।
बर्षाका कारण नदीमा आएको बाढीले गर्दा कबिलासा गाविस वडा न. ३, ४, ५, ६ र ७ का किसानहरुले लगाएको करिब दुई हजार विगहा खेति योग्य जग्गा डुबानमा परेको हो ।
नदीमा आउने बाढीका कारण खेती योग्य जग्गासहित त्यहाँका करिब एक हजार भन्दा बढी घरधुरीले वर्षेनी समस्या खेप्नु परेको स्थानीय कृषक बुधेश्वर यादवले बताउनुभयो ।
त्यस्तै लगातारको बर्षाका कारण नदीमा आएको बाढीले अहिले कविलासा गाविस आवत जावतमा सर्वसाधारणहरुलाई निकै कठिनाई भएको छ । सामान्य वर्षामा पनि सो नदीमा बाढी आउनाले पैदल हिडेर पनि आवत जावत गर्न नसकिने अवस्था रहेको स्थानीय युवा नेता जिवन कुमार यादवले बताउनुभयो ।
यादवले बर्षौदेखि जुडी नदीका कारणले कविलासाबासीहरुलाई समस्या खेप्नुपर्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको गुनासो गर्नुभयो ।
सामान्य वर्षामा पनि उक्त नदीमा करिब पाँच फिट पानी जमेपछि सर्वसाधारणहरुलाई लुगा फुकालेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै बर्षा भएपछि मोटरसाईकल तथा साईकल समेतलाई आवत जावत गर्न कठिनाई हुने गरेको स्थानीयबासीहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ