News Category 2073/04/06
युवा सम्मेलनका लागि कार्यालय प्रमुखहरुसँग छलफल
दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
सप्तरी जिल्लामा पहिलोपटक आयोजना हुन गइरहेको युवा सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराइदिन बुधबार युवा सम्मेलन मूल समारोह समितिले जिल्लाका कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको निवासमा सम्पन्न छलफलमा युवा सम्मेलन मूल समारोह समितिका संयोजक श्रवणकुमार देवले युवा सम्मेलनको औचित्य, उद्देश्य यसबाट हुने उपलब्धीसहितका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
संयोजक देवले सप्तरीकै इतिहासमा पहिलो पटक हुने जिल्ला सम्मेलनले युवाहरुलाई हौंसला प्रदान गर्ने बताउनुभयो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जिल्ला युवा भेला हुनु राम्रो भएको बताउँदै यसमा आफूसहित सम्पूर्ण कार्यालयको सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिलेका युवाहरुलाई एकजुट भएर विकासका साथै हरेक गतिविधीमा सकृय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जिल्लाका अधिकांस कार्यालयका प्रमुखको सहभागिता रहेको बैठकमा युवा सम्मेलनले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
आगामी साउन २८ र २९ गते हुन लागेको उक्त सम्मेलनमा जिल्लाका ९१ गाविसका तथा पाँच वटै नगरपालिकाका युवाहरुको सहभागिता रहनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ