News Category 2073/04/07
विपिको सम्झनामा वृक्षारोपण तथा अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
नेपाली काँग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री विपि कोइरालाको सम्झनामा बिहीवार सप्तरीको विभिन्न ठाउँमा काँग्रेसका क्षेत्रिय समितिहरुले विभिन्न कार्यक्रम गरेको छ ।
काँग्रेस सप्तरीका २ नम्बर क्षेत्रिय कार्यसमितिले वभनगामा कट्टीस्थित उमाविमा एक समारोह आयोजना गरी विपिलाई सम्झेको छ । विपिको ३४औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त अन्तरक्रियामा काँग्रेसी नेताहरुले विपिको विचारलाई अझ ब्यवहारमा उतार्न खाँचो रहेको चर्चा गर्नुभएको थियो ।
क्षेत्रिय सभापति बद्रीनारायण महात्मानको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अतिथि काँग्रेसका महाधिवेशन प्रतिनिधि देवनारायण मण्डल, जिल्ला नेता रामदेव साह, ट्रेड यूनियन काँग्रेसका केन्द्रीय सदस्य उमेश मिश्र, क्षेत्रिय सचिव अरुण मण्डल, वभनगामा कट्टी उमाविका प्रअ सूर्यनारायण साहसहितकाले अन्तरक्रियामा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
यसैबीच विपिकै सम्झनामा काँग्रेसको २ नम्बर क्षेत्रिय समितिले बिहीवारै वभनगामा कट्टीस्थित उमाविमा वृक्षारोपणसमेत गरेको छ । औरा, सिसो, अम्बा, आँपसहितका विभिन्न प्रजातीका झण्डै तीनसय विरुवा उक्त उमावि प्राङ्गणमा रोपिएको नेपाल प्रेस युनियनका काबा अध्यक्ष राम नारायण विश्वासले जानकारी दिनुभयो ।
यसैगरि क्षेत्र नं. ३ को आयोजनामा जिल्लाको दिघवा गाविसस्थित बिरोल चौकमा विपी स्मृती दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गरेको छ ।
क्षेत्र नंं ३ का सभापति महानन्द यादवको अध्यक्षता तथा पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा नेवि संघका पूर्व महामन्त्री इर्साद अन्सारी, काँग्रेसका नेता ध्रुव देव, सत्यनारायण शर्मा, दिनेश चौधरी, निलम कर्ण लगायतका व्यक्तिहरुले विपीको विचारलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा वक्ताहरुले मुलुकमा अहिले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै जनताको चाहना अनुसार आन्दोलनरत दलहरुको माग पुरा गर्न माग गर्नुभयो । त्यस्तै वक्ताहरुले जारि संविधानलाई कार्यान्वयन गरि व्यवहारमा लागु गर्न माग समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ