News Category 2073/04/10
बाढीले १२ हजार घर डुवानमा पीडितलाई नुन चिउरा बितरण
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सप्तरीको विभिन्न नदी, खोलामा आएको बाढीका कारण जिल्लाको १२ हजार घर डुबानमा परेको छ ।
विगत दुई दिनदेखी लगातार भएको वर्षाका कारण जिल्लाको पन्द्र सय घर पूर्ण रुपमा क्षतिग्रस्त भइसकेको छ भने बाँकी घर डुवानमा परेका छन् ।
दैवी प्रकोप उद्धार समिति सप्तरीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्वका स्थानिय सुरक्षा प्रमुखहरु, रेडक्रसका पदाधिकारीसहितको टोलीले आइतबार सकरपुरा, रम्पुरा मल्हनिया र बिषहरियाका पीडित परिवारलाई मुरही, चिउरा, भुजिया र नुन वितरण गरेको छ ।
यता जिल्लाको तिलाठी गाविसका स्थानियवासी निरज झाले हालसम्म कुनै पनि सुरक्षा निकाय, प्रशासन, संघसंस्थाका प्रतिनिधिहरु आफूहरुको दुःख बुझ्न नआएको गुनासो गर्नुभएको छ ।
बाढीको कारण डुबानमा सकरपुरा गाविसका ५ सय, बिषहरिया गाविसका २ सय ५०, लौनियाका २ सय, तिलाँठीका ३ सय, लोखरमका २ सय, रम्पुरा मल्हनियाका ७ सय परिवारका घरहरु जलमग्न भएको दैवी प्रकोप उद्धार समिति सप्तरीले जनाएको छ ।
को. बरसाईनका २ सय, कोईलाडीका १ सय, तोपाका १ सय, महदेवा, भगवतपुर र बथनाहाका एक–एक सय, भारदहका १ सय ५०, पोर्ताहाका १ सय, बैरबाका ५०, सप्तकोसी नगरपालिकाको फतेपुरका १ सय, पकरीका ६० घर डुबानमा परेका छन् ।
यस्तै दिघवाका १ सय २५, राजविराज नगरपालिका १० का २ सय, देउरी भरुवाका ५० घर डुबानमा परेको छ । यता आइतबार महुली खोलाको तटबन्ध भत्किँदा सप्तरीको मैनाकडेरी गाविसमा पानी पसेको छ । मैनाकडेरीमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ