News Category 2073/04/11
कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीको निशानामा ः भारतीय संचारमाध्यम
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
सुनसरी र सप्तरी जिल्लाको सीमाना छुट्टयाउने कोशी व्यारेज अहिले आतंकवादी हमलाको निशानामा रहेको छ । कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
आतंकवादी संगठनले भारत नेपालको सीमामा रहेको कोशी ब्यारेजलाई ध्वस्त पार्ने धमकी समेत दिएको भारतीय संचारमाध्यम दैनिक जागरण र आजतकले जनाएको छ ।
पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धमकी दिएको समाचार भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करण र दैनिक जागरणको अनलाइन संस्करणमा लेखिएको छ ।
यता भारतीय संचारमाध्यमबाट खबर सम्प्रेसन भएपछि भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आइएसएसले कोसी व्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
यादवको आग्रह पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको बैठक बसेर कोशी ब्यारेजमा सशस्त्र र नेपाल प्रहीको विशेष टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ । आइएसले दिएको धम्की पश्चात पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको आपतकालीन बैठक बसी कोसी ब्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ ।
यस्तै कोशी ब्यारेजबाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापाँगाईका अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धमही आएदेखि सुरक्षा प्रशासन निकै सजग छ ।
यसअघि दैनिक जागरण अनलाईन संस्करणले आतंकवादीहरुको संगठन आइएसआइएस नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरेको थियो ।
दैनिक जागरण अनलाइनले नेपाल र बंगलादेशमा लश्कर ए तैयबा, जमात उल मुजाहिदीन र हरकत ए जिहा सक्रिय भएको सनसनीपुर्ण खुलासा गरेको हो । आफ्नो योजनालाई सफल बनाउन ती संगठनहरुले भारतीय माओवादी नक्सलवादीहरुसँग गठजोर गरेको समेत खुलासा गरेको छ । यसैबीच अन्तर्राष्ट्रिय आतंकवादी संगठनको हमला हुन सक्ने आशंकामा कोशी ब्यारेजको सुरक्षामा कडाई गर्न थालिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ