News Category 2073/04/11
तीन दिन भित्र बाढी प्रभावितको संख्या र क्षतिको विवरण संकलन गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
जिल्ला विपद ब्यवस्थापन समिति सप्तरीको सोमबार सम्पन्न बैठकले स्थानीय प्रहरी समेतको सहयोगमा तीन दिन भित्र बाढी प्रभावितको संख्या र क्षतिको विवरण संकलन गर्ने लगायतको निर्णय गरेको छ ।
लगातारको बर्षाका कारणले बाढी प्रभावित जिल्लाका बालबालिका, महिला, गर्भवति, बृद्धबृद्धा सहितको तथ्याङ्ग र अवस्था संकल्न गरी पहिचान गर्ने निर्णय गरेको छ ।
त्यस्तै सो बैठकले जिल्लाका १० हजार भन्दा बढी बाढी प्रभावित जनताको खाद्यान्न उपलब्ध गराउनका लागि विश्व खाद्य कार्यक्रमलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । त्यस्तै तत्काल राहतका लागि स्थानीय स्तरका विभिन्न एनजियो, आईएनजियो लगायतलाई अनुरोध गर्नुका साथै विभिन्न संघ संस्थाहरुले जिल्ला विपद व्यवस्थापन समितिलार्ई जानकारी गराएर मात्र राहत वितरण गर्ने निर्णय जनाएको छ ।
यस्तै बैठकले स्थानीय स्तरमा आवश्यक पर्ने ढुङ्गा व्यवस्थापनका लागि स्थानीय स्तरमा अनुरोध गर्ने तथा सम्भावित क्षेत्रको न्युनिकरण गर्नका लागि प्रभावित क्षेत्रको पहिचान गरी त्यहाँका सर्वसाधारणहरुलाई सजग रहन अनुरोध गर्ने तथा सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्ण गरेको छ ।
यसैगरी बाढीका कारण डुवानमा परेको अन्न बालीको क्षति सम्बन्धि जिल्ला कृषि विकास कार्यालयले तथ्याङ्क संकलन गर्ने तथा प्रभावित क्षेत्रमा फैलिन सक्ने रोगमाथि महामारीको रोकथामका लागि स्वस्वास्थ्य संस्थालाई सक्रिय रहन र अपुग औषधिको लागि स्वास्थय संस्थाले निर्णय गरी युनिसेफ लगायत सम्बन्धित निकायमा माग गरी आपुर्ति गर्ने एवं स्वच्छ पिउने पानीको व्यवस्थापनको लागि जिल्ला खानेपानी तथा सरसफाई संस्थालाई सक्रिय अवस्थामा राख्ने निर्णय गरेको छ ।
यस्तै पुनःनिर्माण तथा मर्मत सम्भारका लागि तत्काल गर्नुपर्ने बाँध, पुल पुलेसा, बाटो लगायतका संरचनाहरुको पहिचान गरी सम्बन्धित निकायलाई संचालन गर्ने निर्णय गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा सम्पन्न सो बैठकमा सहायक प्रजिअ रामेश्वर आर्याल, श्री कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, नेपाल प्रहरीका एसपी भिम प्रसाद ढकाल, अनुसन्धान अधिकृत सुमन वैद्य, सशस्त्र प्रहरीका डिएसपी निरकृष्ण अधिकारी, रेडक्रसका सभापति जोगेन्द्र भगत, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक अरुण कुमार महतो, युएनएफपीएका सुजाता सुब्बा, युनिसेफका सुनिता सुल्पे, कार्यक्रम संयोजक अशोक झालगायत विभिन्न राजनैतिक दलका अध्यक्ष एवं प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ