News Category 2073/04/11
नगरपालिका कार्यकारी अधिकृत गुरुङ विरुद्ध प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
स्वतन्त्र मधेशी मोर्चा नगर समिती र हटिया व्यवस्थापन समिती राजविराजको अगुवाईमा सोमवार राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग विरुद्ध प्रर्दशन गरेको छ ।
राजविराज नगरपालिकामा भईरहेको अनियमीतताको छानवीन तथा ढल निकासको उचित ब्यवस्थापन हुन नसक्दा वाढीले घर घरमा पानी पसेको लगायत विभिन्न समस्या समाधानको माग गर्दै सो प्रदर्शन गरिएको हो ।
विकास निर्माण कार्यमा ब्यापक भ्रष्टाचार भएको, नगरको फोहर मैलाको उचित व्यवस्थापन हुन नसकेको लगायतका आरोप लगाउदै अधिकृत गुरुङ्गले नगरको मुल समस्यालाई वेवास्ता गर्नूृृृका साथै विकास निर्माण र विभिन्न शिर्षकमा भएको खर्चमा ब्यापक अनियमितता गरेको भन्दै प्रर्दशनकारीले सोको उच्चस्तरीय छानवीन हुनु पर्ने माग गरेका छन् ।
प्रदर्शन गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
मोर्चा संयोजक उमेश प्रसाद साह तथा हटिया ब्यवस्थापन समितीका संयोजक गोपाल महतोको अगुवाईमा बुझाइएको ज्ञापन पत्रमा नगरमा ढल निकासको ब्यवस्थापन, सरसफाई, शिक्षा र मानवीय आवश्यक्ता पुर्ती गर्ने सवालमा कार्यकारी अधिकृत गुरुङ्ग उदासीन देखिनुका साथै विभिन्न शिर्षकको विकास रुपमा ब्यापक अनियमितता गरेको आरोप लगाउँदै त्यसको छानवीन हुनु पर्ने माग गरिएको छ ।
यस्तै विभिन्न विकास निर्माण कार्यमा कमसल निर्माण समाग्रीको प्रयोग ठेकेदारसँग कमिशन लिएको, आर्थिक लाभ लिई गैरकानुनी ढंगले कर्मचारी नियुक्ती गरेको, बृक्षारोपण, भगवती पोखरी जीर्णेद्दार, कम्पलेक्स निर्माण, रेलिङ्ग, फोहर फाल्ने झुला निर्माण, जेसेवी र इन्धन खर्च लगायत विभिन्न शिर्षकमा ब्यापक आर्थिक अनियमितता भएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र स्थानीय विसकास मन्त्रालय, गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पत्रकार महासंधलाई पनि बोधार्थ दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ