News Category 2073/04/13
गोबरगाढाका ८५ परिवारका करिब तीन सयलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
सप्तरीको योगिनियाँ माई हनुमाननगर नगरपालिका ८ स्थित गोबरगाढा टोलका ८५ परिवारका करिब ३ सय व्यक्तिलाई बुधबार राहत वितरण गरेको छ ।
लगातारको बर्षापछि आएको बाढीले जिल्लाकै अति विकट मानिने गोबरगाढा टापुका ती परिवारहरु डुबानमा परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले राहत स्वरुप चिउरा, मुरही र दालमोठ वितरण गरेको हो ।
समितिका संयोजक एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर आचार्य, जिल्ला प्रहरी कार्यालयका एसपी भिम प्रसाद ढकाल, नेपाली सेनाका गणपति भुवनेश्वर आचार्य, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका डिएसपी निरकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका काबाअध्यक्ष श्रवण कुमार देव लगायतकाहरुको उपस्थितिमा त्यहाँका बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको जानकारी प्राप्त भएको छ ।
कोसी नदीको बीच भागमा टापुको रुपमा अवस्थित तत्कालिन गोबरगाढा गाविसका स्थानियहरु हरेक वर्ष वर्षाको समयमा कोसीको बाढीबाट पीडित बन्दै आएका छन् ।
यसअघि जिल्लाको तिलाठी र सकरपुरा गाविसका करिब १ हजार २ सय बाढी प्रभावित परिवारलाई राहत स्वरुप विभिन्न खानेकुराहरु वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ