News Category 2073/04/14
भारतीय पक्षद्वारा निर्माण गरिएको बाँध स्थानिय नेपालीले भत्काए, झडप हुँदा दुई नेपाली गम्भिर
दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण गरेको बाँध स्थानीय नेपालीले भत्काइ दिएका छन् ।
भारतीय पक्षले बाँध निर्माण गर्न सुरु गरेपछि सप्तरीको तिलाठी गाविसका स्थानियहरुले बिहीबार भत्काएका हुन् ।
बाँध भत्काउने क्रममा नेपाली र भारतीय स्थानीय पक्षबीच झडप समेत भएको छ । सो झडपमा नेपाली पक्षका तिलाठीका देनारायण यादव र रोशन झा गम्भिर घाइते भएका छन् ।
भारतीय पक्षधरले उनीहरु दुबैलाई घेराहालेर लाठ्ठी प्रहारबाट घाइते बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनीहरु दुबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको स्थानिय निरज झाले जानकारी दिनुभयो ।
सप्तरीको तिलाठी गाविस नजिकै भारतीय पक्षले बाँध निर्माण सुरु गरेपछि स्थानियहरु अक्रोसित हुँदै त्यहा तनावको स्थिति सृजना भएको थियो । स्थानीय प्रशासनको आग्रह समेतलाई बेवास्ता र तिलाठीवासीको विरोधका वावजुद भारतीय पक्षले बाँध निर्माण थालेपछि बिहीबार विवादको अवस्था सृजना भएको हो ।
उक्त बाँध निर्माण भएपछि खाँडो खोला र वर्षाको पानीले सप्तरीको तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी बरसाइनलगायत एक दर्जन गाविस डुबानमा पर्ने तिलाठीवासी झाको भनाई छ । यसअघि गत शनिबार खाँडो खोलामा आएको बाढीका कारण ती गाविसहरु डुवानमा परेको छ । अहिले पनि ती क्षेत्र वरिपरिका हजारौं जनता पीडित भएका छन् ।
गत शनिबार भएको अविरल वर्षापछि नेपाली भूमि डुवानमा पर्ने गरि भारतीय पक्षले पहिले पनि निर्माण गरेको उक्त बाँध खाँडो नदीको बाढीले भत्काइदिएको थियो ।
सशस्त्र प्रहरीका सुरक्षाकर्मी र स्थानीयहरुले बाँध निर्माण गर्न नदिने भनेपनि सो स्थानमा भारतीय नागरिक तथा प्राविधिकहरुले माथीको आदेश भन्दै पक्कीको बाँध निर्माण गर्न लागेका थिए ।
यसैगरि सप्तरी क्षेत्र नं ३ का सांसद तथा निवर्तमान सिँचाइ मन्त्री उमेशकुमार यादवले सो क्षेत्रको अवलोकन गरि भारतीय पक्षलाई उक्त बाँध निर्माण नगर्न आग्रह गर्नुभएको थियो ।
स्थानिय वासी झाका अनुसार भारतीय पक्षले दिनभरि सयौं बोरा भरेर थुपारेर राख्छन्, अनि रातीको समयमा बाँध भत्केको स्थानलाई पुर्ने काम गर्छन ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेज गौतम, नेपाल प्रहरी एसपी भिम ढकाल, सशस्त्र प्रहरी लगायतको टोली बिहीबार साँझ बाँध निर्माण भइरहेको स्थलको अवलोकन गर्दै भारतीय पक्षलाई तत्काल रोक्न आग्रह गरेका थिए । सो आग्रहपछि बाँध निर्माण कार्य स्थगित भएको स्थानियहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ