News Category 2073/04/15
दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्छ ः केन्द्रिय सदस्य साह
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले तिलाठी घटनाप्रति दुःख व्यक्त गर्दै दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्ने बताउनु भएको छ ।
केन्द्रिय सदस्य साहले शुक्रबार एक विज्ञप्ति जारि गर्दै नेपाली भूभाग डुबाउने गरी भारतीय पक्षले सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा पक्की संरचना निर्माण गरेको घटनाप्रति स्थानिय प्रशासन मौन बस्नु गैरजिम्मेवारी पूर्ण भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा बाँध निर्माण गर्ने क्रममा तिलाठी लगायतका बासिन्दाहरुले रोक्न खोज्दा दुबै पक्षबीच भएको भिडन्तमा घाइते भएका देवनारायण यादव, रोशन झा, हर्ष कर्ण, दुर्गानन्द झा, संजीव झा, विपीन यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
विज्ञप्तिमा सप्तरी प्रशासन र भारत बिहारको कुनौलीस्थित प्रशासनको उपस्थितिमा भएको उक्त भिडन्तप्रति घोर भत्र्सना गर्दै स्थानीय प्रशासनको गैर जिम्मेवारीपूर्ण रबैया र मौनताप्रति खेद ब्यक्त गरिएको छ ।
लामो समयदेखि उक्त बाँधबारे विवाद हुँदै आएपनि स्थानीय प्रशासनले ठोस निकासकालागि कुनै पहल नगरेकोप्रति पनि खेद ब्यक्त गर्दै विज्ञप्तिमा दशगजा क्षेत्रको विवादलाई निकास दिन दुवै देशको तर्फबाट कूटनीतिक पहल हुनु आवश्यक रहेको भन्दै गम्भीर हुन पनि सरकारसँग माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ