News Category 2073/04/15
दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्छ ः केन्द्रिय सदस्य साह
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले तिलाठी घटनाप्रति दुःख व्यक्त गर्दै दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्ने बताउनु भएको छ ।
केन्द्रिय सदस्य साहले शुक्रबार एक विज्ञप्ति जारि गर्दै नेपाली भूभाग डुबाउने गरी भारतीय पक्षले सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा पक्की संरचना निर्माण गरेको घटनाप्रति स्थानिय प्रशासन मौन बस्नु गैरजिम्मेवारी पूर्ण भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा बाँध निर्माण गर्ने क्रममा तिलाठी लगायतका बासिन्दाहरुले रोक्न खोज्दा दुबै पक्षबीच भएको भिडन्तमा घाइते भएका देवनारायण यादव, रोशन झा, हर्ष कर्ण, दुर्गानन्द झा, संजीव झा, विपीन यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
विज्ञप्तिमा सप्तरी प्रशासन र भारत बिहारको कुनौलीस्थित प्रशासनको उपस्थितिमा भएको उक्त भिडन्तप्रति घोर भत्र्सना गर्दै स्थानीय प्रशासनको गैर जिम्मेवारीपूर्ण रबैया र मौनताप्रति खेद ब्यक्त गरिएको छ ।
लामो समयदेखि उक्त बाँधबारे विवाद हुँदै आएपनि स्थानीय प्रशासनले ठोस निकासकालागि कुनै पहल नगरेकोप्रति पनि खेद ब्यक्त गर्दै विज्ञप्तिमा दशगजा क्षेत्रको विवादलाई निकास दिन दुवै देशको तर्फबाट कूटनीतिक पहल हुनु आवश्यक रहेको भन्दै गम्भीर हुन पनि सरकारसँग माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ