News Category 2073/04/16
सेना, चिकित्सक लगायत आधा दर्जन संघसंस्थाबाट बाढी पीडितलाई राहत वितरण
राजविराज÷सप्तरीका बाढी पीडितहरुलाई शनिबार छुट्टाछुट्टै नेपाली सेना, चिकित्सक लगायत आधा दर्जन संघ संस्थाहरुले राहत बितरण गरेका छन् ।
जिल्लाको सबै भन्दा बढी बाढीले क्षति पु¥याएको गाविस सकरपुरा, को. बरसाइन र रम्पुरा मल्हनियाका बाढी पीडितहरुलाई सो राहत बितरण गरिएको हो ।
सैनिक श्रीमती संघ (नेपाली सेना) को सहयोग र श्री कृष्ण दल गण राजविराजको संयोजनमा दुई सय ५० बाढीपीडित दलित परिवारलाई राहत बितरण गरिएको छ । १८ नं. बाहिनीका बाहिनीपति एवं सहायक रथि सुवर्ण बहादुर शाह र कृष्ण दलका गणपति भुवनेश्वर आचार्यले बाढीपीडित परिवारलाई राहत सामाग्रि बितरण गर्नुभएको हो ।
बाढीपीडितहरुलाई पति परिवार एक थान मन्डी, ५ केजी च्युरा, २ केजी दालमोट, १ केजी सखर, १० प्याकेट जिवनजल र लत्ताकपडा गरि करिब १५ लाख मुल्य बराबरको राहत सामाग्रि कष्टकर जिवन बिताउन बाध्य सप्तरीको को. बरसाइन र रम्पुरा मल्हनियाका दलित बस्तिमा बितरण गरिएको गणपति आचार्यले जानकारी दिनुभयो ।
यसैगरि सकरपुरा गाविसका दलित चार सय परिवारलाई स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्त रुपमा राहत बितरण गरेको छ । करिब दुई लाख मुल्य बराबरको खाद्यान्न सामाग्रि बाढी पीडितलाई बितरण गरिएको डा. टेक नारायण मण्डलले जानकारी दिनुभयो ।
सो अस्पतालमा कार्यरत डा. दिपा यादव, डा. अमित साह, डा. सरोज यादव, डा. सुनिल सिंह तथा स्वास्थ्यकर्मी र कर्मचारीको सहयोगमा बाढी पीडित प्रति परिवारलाई च्युरा २ केजी, भुजा २ केजी, चामल २ केजी, खाने तेल १ प्याकेट, नुन एक प्याकेट, चाउचाउ २ प्याकेट र बिस्कुट २ प्याकेटका दरले राहत बितरण गरिएको थियो ।
यता शनिबारै मधेशी मोर्चा सप्तरीको संयोजनमा लायन्स क्लब, शुभम क्लब र यङ हर्ट लायन्स क्लब बिराटनगरको सहयोगमा जिल्लाको सकरपुरा गाविस वडा नं. ४ का बाढीपीडित परिवारलाई राहत बितरण गरिएको छ ।
सो वडाका चार सय बाढीपीडित परिवारलाई चामल २ केजी, दाल आधा केजी, च्युरा २ केजी, भुजा १ केजी, आलु, पानी, खाने तेल, बिस्कुट, चाउचाउ, भुजिया, लत्ताकपडा लगायत बितरण गरेको छ । यता घरबार बिहीन एक सय परिवारलाई त्रिपाल समेत बितरण गरिएको सप्तरी मोर्चाका पूर्व संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
गत शनिबार खाँडो तथा विभिन्न खोला नदीमा आएको बाढीका कारण सप्तरीको ४ हजार परिवारका १५ हजार व्यक्ति प्रभावित भएका छन् । जिल्लामा बाढीले बगाएर एक जनाको मृत्यु समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ