News Category 2073/04/17
एमाले सप्तरीबाट भारतीय दादागिरीको भत्र्सना
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
नेकपा एमाले जिल्ला समिति सप्तरीले जिल्लाको तिलाठी गाविस र भारत बिहार सुपौलको कुनौलीबीचको दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फीरुपमा बाँध निर्माण गरेर देखाएको दादागिरीको घोर भत्र्सना गरेको छ ।
जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेद्वारा आइतबार जारि विज्ञप्तिमा भारतीय पक्षले संवेदनशीलता तथा अन्तर्राष्ट्रिय सीमासम्वन्धि मूल्य–मान्यताको समेत ख्याल नगरी दशगजा क्षेत्र अतिक्रमण गरी नेपाली भूमि डुवानमा पार्ने गरी वाँध निर्माणको प्रयास कार्य गरेर गलत गरेको ठहर गरेको जनाएको छ ।
त्यस्तै विज्ञप्तिमा सोही विषयलाई लिएर भएको झडपमा घाइते नेपाली दाजुभाईको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै एमाले सप्तरीको पहलमा गम्भिर घाइते देवनारायण यादव र दुर्गानन्द झाको निशुल्क स्वास्थ्यउपचारमा सहयोग गर्ने ‘स्वाधिनताका लागि राष्ट्रिय यूवा अभियान’प्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।
साथै विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोरियोस र बर्षौदेखि रहेको विवादको दिर्घकालिन समाधान भई आपसी भाइचारा कायम रहोस् भन्नका लागि दशगजा क्षेत्रमा पुरिएको, हराएको सीमा स्तम्भ तत्काल खोजी गरी नदीको पानीलाई प्राकृतिक रुपमा पूर्ववतः बगाउन च्यानल निर्माण गरियोस् भनी माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ