News Category 2073/04/17
एमाले सप्तरीबाट भारतीय दादागिरीको भत्र्सना
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
नेकपा एमाले जिल्ला समिति सप्तरीले जिल्लाको तिलाठी गाविस र भारत बिहार सुपौलको कुनौलीबीचको दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फीरुपमा बाँध निर्माण गरेर देखाएको दादागिरीको घोर भत्र्सना गरेको छ ।
जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेद्वारा आइतबार जारि विज्ञप्तिमा भारतीय पक्षले संवेदनशीलता तथा अन्तर्राष्ट्रिय सीमासम्वन्धि मूल्य–मान्यताको समेत ख्याल नगरी दशगजा क्षेत्र अतिक्रमण गरी नेपाली भूमि डुवानमा पार्ने गरी वाँध निर्माणको प्रयास कार्य गरेर गलत गरेको ठहर गरेको जनाएको छ ।
त्यस्तै विज्ञप्तिमा सोही विषयलाई लिएर भएको झडपमा घाइते नेपाली दाजुभाईको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै एमाले सप्तरीको पहलमा गम्भिर घाइते देवनारायण यादव र दुर्गानन्द झाको निशुल्क स्वास्थ्यउपचारमा सहयोग गर्ने ‘स्वाधिनताका लागि राष्ट्रिय यूवा अभियान’प्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।
साथै विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोरियोस र बर्षौदेखि रहेको विवादको दिर्घकालिन समाधान भई आपसी भाइचारा कायम रहोस् भन्नका लागि दशगजा क्षेत्रमा पुरिएको, हराएको सीमा स्तम्भ तत्काल खोजी गरी नदीको पानीलाई प्राकृतिक रुपमा पूर्ववतः बगाउन च्यानल निर्माण गरियोस् भनी माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ