News Category 2073/04/18
खेलकुद विकास समिति सप्तरीले भारोत्तोलन खेलाडीका लागि रकम निकासा गरेन्
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
भारोत्तोलन खेलका खेलाडीहरुको खुराकीका लागि जिल्ला खेलकुद विकास समिति सप्तरीले रकम नदिएपछि अहिले उनीहरु अन्यौलमा परेका छन् ।
सप्तरी भारोत्तलन संघले मंगलबार जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिइएको छ ।
२०७३ साल मंसिर महिनामा पूर्वाञ्चलमा संचालन हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको खुराकीका लागि आएको रकम प्रशिक्षक तथा खेलाडीहरुले कार्यालयसँग माग गर्दा कार्यालय प्रमुख लक्ष्मण मण्डलले खेलाडीहरुप्रति छुद्र व्यवहार गरेका थिए ।
भारोत्तोलनका जिल्ला मुख्य प्रशिक्षक दिनेश भुजेलले छैंठो ग्राण्डप्रिक्स राष्ट्रिय भारोत्तोलन प्रतियोगिता र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै खेलकुद कार्यालयमा खुराकको रकम माग गरेको बताउनुभयो ।
यस्तै छैंठो ग्राण्डप्रिक्स राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका स्वर्ण पदक बिजेता रामकुमार यादवले कार्यालय प्रमुख मण्डलले खेलाडीहरु आफ्नो लागि मात्र खेल्ने गरेको आरोप लगाएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
त्यस्तै भारोत्तोलनका अर्का राष्ट्रिय खेलाडी मनोज यादवलाई कार्यालय प्रमुखले सोही आरोप लगाउँदै खुराकीको रकम नदिने भन्नुभएको बताउनुभयो ।
यता सप्तरी भारोत्तोलन संघका अध्यक्ष महेश कुमार यादवले खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले खेलाडीहरुलाई छुद्र व्यवहार गरेको प्रति भत्र्सना गर्दै कारवाहीको माग गर्नुभएको छ ।
उहाँले कार्यालय प्रमुख मण्डलको उक्त व्यवहारले सम्पूर्ण खेलाडीको मनोवल घटाउने काम गरेको भन्दै यथासिघ्र खेलाडीहरुका लागि खुराकीको रकम निकासा नगरे आन्दोलनको चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ