News Category 2073/04/20
जनज्योतिको रेमिट्यान्स सेवा सुरु
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ ३ ले बुधबारदेखी रेमिट्यान्स सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश प्रसाद पोखरेलले बुधबार रेमिट्यान्स सेवाको विधिवत् रुपमा उद्घाटन गर्नुभएको हो ।
यसअघि सहकारी डिभिजन कार्यालय लहानले संस्थालाई गत फागुन ९ गतेदेखि सप्तरी जिल्लाभरी कार्य क्षेत्र विस्तार गर्न स्विकृत समेत प्राप्त गरेको थियो ।
यस्तै जनज्योति कृषि सहकारी संस्था लि. मलेठ ३ सप्तरीले “उत्कृष्ठ सहकारी संस्था २०७२” बाट समेत पुरस्कृत भइसकेको छ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित कार्यक्रममा सहकारी डिभिजन कार्यालय लहानले सप्तरीको सहकारी क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सो पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
जनज्योति सहकारीले जिल्लामा कृषिलाई व्यवसायीकरण गर्नेतर्फ लक्षित भएर कार्य गर्दै आएको छ । रसायनिक मल, बिउँ विजनको सहज आपुर्ति र विक्रि वितरण, समुहगत खेति, पशु पालन, कृषि उत्पादन, खरिद विक्रि लगायत कारोबार गर्दै आएको छ भने कृषि कारोवारका अतिरिक्त महिला समुहमा लद्युवित कार्यक्रम, आजको रिक्सा चालक भोलीको मालिक योजना, युवा स्वरोजगार, बाल बचत, ब्यक्तिगत बचत, सबल किसान बचत योजना, गृहिणी बचत योजना लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ