News Category 2073/04/21
महासंघको विज्ञप्ति नितान्त भ्रामक र अमर्यादित ः सदभावना पार्टी
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले बिहीबार जारि गरेको नितान्त भ्रामक र अमर्यादित प्रेस विज्ञप्ति प्रति सद्भावना पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले पत्रकार महासंघ सप्तरीको भवन कब्जामा लिइएको जस्तो नितान्त, झुटा र मर्यादा विपरीतको आरोप लगाइएकोप्रति घोर निन्दा एवं भत्र्सना गरेको जनाइएको छ ।
विज्ञप्तिमा महासंघ जस्तो मर्यादित संस्थाले सत्यतथ्य नै नबुझी एक पक्षिय र पूर्वाग्रही ढंगले नितान्त, भ्रामक र झुटा आरोप लगाई कुनै पार्टीलाई बदनाम गर्ने उद्देश्यले विज्ञप्ति जारि गर्नु अत्यन्तै लज्जास्पद, अशोभनिय र निन्दनिय कार्य भएको हाम्रो ठहर गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “महासंघको जिल्ला शाखासँग रितपूर्वक सबै प्रक्रिया पुरा गरि घर सम्झौता गरि एक वर्षका लागि भुईतल्लाको एक कोठा मासिक रु. ३ हजारका दरले भाडामा लिएको व्यहोरा सबैमा जानकारी गराउँदछौं । साथै शाखाका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव र अन्य पदाधिकारीहरुको उपस्थितिमा भएको घर सम्झौता अनुसार मिति २०७३÷४÷११ गतेका दिन नैं एक महिनाको अग्रीम घर भाडा रु. ३ हजार र धरौटी वापतको रु. १५ हजार गरि कुल १८ हजार रुँपैया पत्रकार महासंघ शाखा सप्तरीको राजविराजस्थित कृषि विकास बैंकमा रहेको खाता नं.४५१५१४०११ मा जम्मा गरिसकेको व्यहोरा सबैमा जानकारी गराउँदछौं ।”
यस्तै विज्ञप्तिमा अगाडी भनिएको छ, “सम्पूर्ण प्रक्रिया पुरा गरि कोठा भाडामा लिएको अवस्थामा कुनै पार्टीलाई बदनाम गराउने र कसैको मानहानी गर्ने गरि विज्ञप्ति जारि गरि भ्रम फैलाउने कार्य एउटा मर्यादित संस्थाका लागि शोभनिय मान्न नसकिने भन्दै कुनै फटाहाले कागले कान लग्यो भन्दैमा कान छाम्नुका साटो कागतिर कुदिनुलाई मुख्र्याईको संज्ञा मात्र दिन सकिन्छ । पत्रकार महासंघ जस्तो एउटा मर्यादित र जिम्मेवार संस्थाले यस्तै फटहाहरुको कुरामा लागि एकहोरो विज्ञप्ति जारि गरि कागतिर दौडिनु बुद्दिमतापूर्ण कदम मान्न् सकिन्न् । तसर्थ यसै विज्ञप्ति मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता निकृष्ट र निराधार आरोप लगाउनु भन्दा अगावै सत्यतथ्य बुझेर मात्र विज्ञप्ति जारि गर्न सुझाव समेत दिन चाहन्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ