News Category 2073/04/21
फोरम अलग हुनु मधेशी जनताको भावना विपरीत ः मधेशी मोर्चा
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
संघिय समाजवादी फोरम नेपाल मोर्चाबाट अलग हुनु शहिद तथा मधेशी जनताको भावना विपरीत कार्य भएको मधेशी मोर्चा सप्तरीको ठहर गरेको छ ।
मोर्चा सप्तरीका संयोजक नरेन्द्र प्रसाद यादवद्वारा जारी विज्ञप्तीमा फोरम नेपाल जिल्ला कार्य समिति मधेशी मोर्चाबाट अलग भएको समाचारप्रति मोर्चाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जारी विज्ञप्तीमा विगत एक वर्ष अगाडी मधेशी मोर्चा सप्तरीमा गठन भएको तथा मोर्चा आफनो उद्देश्य प्राप्तिका लागि अनवरत रुपमा संघर्षरत रहदै आएको सर्वविदितै रहेको जनाउँदै स्थापना कालमा मोर्चाको संयोजक समेत फोरम नेपालकै अध्यक्ष रहनुभएको थियो भने फोरम नेपालकै संयोजकत्वमा तेश्रो मधेश आन्दोलनका प्रथम शहिद राजिव राउत शहादत प्राप्त गरेका थिए ।
त्यस्तै जारी विज्ञप्तीमा मोर्चाको आवहनमा अहिले सम्म जिल्लामा ६ जनाले शहादत प्राप्त गरेका छन् भने वर्तमान अवस्थामा मोर्चाबाट फोरम नेपाल अलग हुनु शहिद तथा मधेशी जनताको भावना विपरीत कार्य हुने जनाईएको छ ।
साथै हस्ताक्षरित विज्ञप्तीमा भदौ १ गते मधेशी मोर्चाद्वारा शहिद राजिव राउतको पुण्य तिथि तथा श्रद्धाञ्जली सभा जिल्लाको भारदहमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ