News Category 2073/04/22
मधेस आन्दोलनका क्रममा मारिएका परिवारलाई सरकारले १० लाख दिने निर्णय
दैनिक समाचारदाता
काठमाडौं, २१ साउन ।
प्रचण्ड नेतृत्वको नवगठित सरकारले मधेस थरुहट आन्दोलनका क्रममा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकार निर्माण भएको एक दिन नबित्दै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो ।
बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । त्यस्तै सरकारले मृतक परिवारको पहिचान तथा समन्वयका लागि सम्बन्धित राजनीतिक दलले सहयोग गर्ने र आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सम्बन्धित अस्पताललाई गृह मन्त्रालयले बिलबमोजिम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
यसैगरी मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।
त्यस्तै तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेकाहरूको मुद्दा र बन्दी रिहाइसँग सम्बन्धित विवरण मन्त्रालयले एक हप्ताभित्र तयार गर्ने तथा आन्दोलनका क्रममा अपाङ्ग भएकाहरूको विवरण दुई हप्ताभित्रमा सङ्कलन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
सरकार तराई–मधेस आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडका घटनाको उच्च छानबिनका लागि आयोग गठन गर्न गृह मन्त्रालयले एक हप्तामा प्रक्रिया सुरु गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ