News Category 2073/04/23
डा. केसी बाढी पीडितको उपचारमा
राजविराज÷सप्तरीका बाढी पीडितहरुलाई शनिबार डा. गोबिन्द केसीले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढी पीडितहरुलाई त्यहास्थित विद्यालय प्राङ्गणमा उहाँले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो ।
सप्तरीको उद्योग बाणिज्य संघको संयोजनमा तथा तिलाठीका यूवाहरुको आयोजनामा डा. केसीले त्यहाका करिब दुई बाढी पिडितहरुलाई हार्डजोर्नी तथा नसा सम्बन्धि रोगको उपचार गर्नुभएको छ । डा. केसीले आफैले विभिन्न औषधी, फलफुल लगायतका सामाग्रिहरु ल्याउनु भएको थियो ।
सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामिण भेगका जनताहरुमा पुग्न नसकेको गुनासो गर्दै डा. केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताको आधारमा सेवा गर्न आएको जिकिर गर्नुभयो ।
स्वास्थ्य क्षेत्रमा देखिएका बेथिती बिरुद्ध पटक पटक सत्याग्रह गर्नुभएका प्राध्यापक डा. केसी बाढी पीडितको उपचारका लागि आज सप्तरी आइपुग्नु भएको हो ।
यसैबीच डा. केसीले गरिब बालबालिकाका लागि शिक्षामा पहुँच हुनुपर्ने माग राख्र्दै गरिराख्नु भएको संघर्षप्रति उच्च सम्मान गर्दै तिलाठीका यूवाहरुले उहाँलाई शनिबार सम्मान समेत गरेको निरज झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ