News Category 2073/04/24
मधेशी बुद्धिजीवीहरु नयाँ राजनीतिक दल निर्माणको तयारीमा
दैनिक समाचारदाता
काठमाडांै, २३ साउन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नामधारी नेताहरुले पटक–पटक मधेशीको सहादतलाई सम्झौतामा सीमित गर्दै आएको आरोप लगाउँदै मधेशी बुद्धिजीबीहरुले नयाँ राजनीतिक शक्ति निर्माणका लागि छलफलमा जुटेका छन् ।
मधेशका नाममा सहमति र सम्झौताको चाङ्ग बनाउँदै आएको मधेशी बुद्धिजीबीहरुको निष्कर्ष छ ।
मधेशी बुद्धिजीबीहरुको एक बैठकले मधेशी मोर्चाको विकल्प खोज्नुका साथै मधेशमा जागरण अभियान चलाउने निष्कर्ष निकालेको छ ।
वरिष्ठ मधेशवादी राजनीतिज्ञ खुशीलाल मण्डलले अधिकार प्राप्तिका साथै समाजमा मोलाइरहेको विकृति विसंगतिको विरुद्धमा मधेशमा जागरण अभियान चलाउने बताउनु भएके छ ।
उहाँले मधेशी मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग गरेको तीन बुँदे सहमतिको कडारुपमा आलोचना गर्नुभयो । ‘कांग्रेस र माओवादी मधेश मुद्दाप्रति इमान्दार भएको भए आज यत्रो ठूलो मधेश आन्दोलन हुने नै थिएन’ उहाँले भन्नुभयो, ‘माओवादी त कहिल्यै पनि संघीयताको पक्षमा थिएन ।’ उहाँले अन्तरिम संविधान जारी हुँदा संघीयतालाई हटाउँदा माओवादीले एकपटक पनि विरोध नगरेको र अहिले आएर उनीहरुसँग पुनः सम्झौता गर्नु धोका भएको बताउनुभयो ।
उहाँले नयाँ निर्माण हुने राजनीतिक शक्तिले मधेशमा जातिवाद, भ्रष्टाचार, सामाजिक विकृति लगायतका विरोधमा पनि जनतामाझ जागरण अभियान चलाउने जानकारी दिनुभयो ।
सम्पन्न बैठकमा मधेश नागरिक समाजका अध्यक्ष तथा पूर्वमन्त्री डा. डम्बरनारायण यादव, मधेशी नागरिक समाजका संयोजक गणेश मण्डल, पूर्वमन्त्री रामचन्द्र कुशवाहा, सदनन्दन कुर्मी, रामअवतार मण्डल, मनोहर अग्रवाल, बदन मण्डल, वरिष्ठ सँगीत शास्त्री गुरुदेव कामत, कामेश्वर मण्डल लगायतको उपस्थिति रहेको मधेशवाणीमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ