News Category 2073/04/24
मधेशी बुद्धिजीवीहरु नयाँ राजनीतिक दल निर्माणको तयारीमा
दैनिक समाचारदाता
काठमाडांै, २३ साउन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नामधारी नेताहरुले पटक–पटक मधेशीको सहादतलाई सम्झौतामा सीमित गर्दै आएको आरोप लगाउँदै मधेशी बुद्धिजीबीहरुले नयाँ राजनीतिक शक्ति निर्माणका लागि छलफलमा जुटेका छन् ।
मधेशका नाममा सहमति र सम्झौताको चाङ्ग बनाउँदै आएको मधेशी बुद्धिजीबीहरुको निष्कर्ष छ ।
मधेशी बुद्धिजीबीहरुको एक बैठकले मधेशी मोर्चाको विकल्प खोज्नुका साथै मधेशमा जागरण अभियान चलाउने निष्कर्ष निकालेको छ ।
वरिष्ठ मधेशवादी राजनीतिज्ञ खुशीलाल मण्डलले अधिकार प्राप्तिका साथै समाजमा मोलाइरहेको विकृति विसंगतिको विरुद्धमा मधेशमा जागरण अभियान चलाउने बताउनु भएके छ ।
उहाँले मधेशी मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग गरेको तीन बुँदे सहमतिको कडारुपमा आलोचना गर्नुभयो । ‘कांग्रेस र माओवादी मधेश मुद्दाप्रति इमान्दार भएको भए आज यत्रो ठूलो मधेश आन्दोलन हुने नै थिएन’ उहाँले भन्नुभयो, ‘माओवादी त कहिल्यै पनि संघीयताको पक्षमा थिएन ।’ उहाँले अन्तरिम संविधान जारी हुँदा संघीयतालाई हटाउँदा माओवादीले एकपटक पनि विरोध नगरेको र अहिले आएर उनीहरुसँग पुनः सम्झौता गर्नु धोका भएको बताउनुभयो ।
उहाँले नयाँ निर्माण हुने राजनीतिक शक्तिले मधेशमा जातिवाद, भ्रष्टाचार, सामाजिक विकृति लगायतका विरोधमा पनि जनतामाझ जागरण अभियान चलाउने जानकारी दिनुभयो ।
सम्पन्न बैठकमा मधेश नागरिक समाजका अध्यक्ष तथा पूर्वमन्त्री डा. डम्बरनारायण यादव, मधेशी नागरिक समाजका संयोजक गणेश मण्डल, पूर्वमन्त्री रामचन्द्र कुशवाहा, सदनन्दन कुर्मी, रामअवतार मण्डल, मनोहर अग्रवाल, बदन मण्डल, वरिष्ठ सँगीत शास्त्री गुरुदेव कामत, कामेश्वर मण्डल लगायतको उपस्थिति रहेको मधेशवाणीमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ