News Category 2073/04/25
कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालद्वारा संचालित पोषण पुर्नस्थापन गृहमा कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि भएको छ ।
वि.स.२०६८ सालमा स्थापना भएको पोषण गृहमा हालसम्म ७ सय ४० जना बालबालिकाहरुको उपचार भइसकेको गृहकी प्रमुख रश्मि झाले जानकारी दिनुभयो । उहाँका अनुसार १० बेडको सो गृहमा दिनहुँ कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ ।
चालु आ.व. २०७३÷७४ को साउन महिनामा १५ जना कुपोषित बालबालिकाहरुको उपचार भइरहेको छ भने गत आ.व. २०७२÷७३ मा १ सय १० जना बालबालिकाहरु उपचार गराई घर फर्किसकेको प्रमुख झाले बताईन ।
हाल ९ जना कर्मचारीहरु कार्यरत पोषण पुर्नस्थापन गृहमा सप्तरीसहित उदयपुर, सिरहा, सुनसरी, मोरङ्ग र छिमेकी भारतको विभिन्न स्थानबाट समेत बालबालिकाहरु उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।
कुपोािषत बालबालिका हरुलाई दुई हप्तादेखि चार हप्तासम्म गृहमा राखेर आमा र बच्चालाई खाना र बस्ने तथा बच्चालाई निको नहुन्जेलसम्म औषधि उपचार तथा पोष्टिकयुक्त आहार खानेकुराहरु गृहले नै व्यवस्था गर्दै आएको छ ।
पोषण गृहको तथ्याङ्कमा अनुसार श्रीमान् बिदेश भएका अभिभावकका बालबालिकाहरु बढी कुपोषणको सिकार हुने गरेको उल्लेख छ । बिदेशमा रहने श्रीमतिले बालबच्चाको उचित स्याहार सुसार ध्यान नदिने गरेको कारणले बढी कुपोषित हुने गरेको पोषणले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ