News Category 2073/04/26
निर्वाचन मुखले बोलेर हुने होइन, आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ः प्रमुख आयुक्त डा यादव
काठमाडौँ, २५ साउन ।
निर्वाचन आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा नल्याउँदासम्म स्थानीय तहको निर्वाचन गर्न नसकिने जनाएको छ ।
“स्थानीय निकायका सङ्ख्या, नामाङ्कन, सीमाङ्कन नटुङ्ग्याई स्थानीय निकायको निर्वाचन गर्न सकिँदैन, निर्वाचन मुखले बोलेर हुने होइन, यसका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्छ, २४ क्यारेट सुन जस्तै निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित रुपमा गर्नुपर्छ”, आयोगद्वारा संविधान कार्यान्वयन गर्ने क्रममा बनेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक मस्यौदामाथि मंगलबार यहाँ भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो ।
उहाँले स्थानीय निकायका सङ्ख्या, नामाङ्कन र सीमाङ्कन भएपछि मात्र आयोगले निर्वाचनसम्बन्धी कार्य (मतदाता नामावली अद्यावधिक, मतदाता शिक्षा) काम गर्न सक्छ र स्थानीय निकायको निर्वाचन गर्न सक्छ भन्नुभयो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्नुभएको थियो तर तत्कालीन सरकारले तिथिमिति घोषणा गरेको थिएन । अर्कातर्फ सोही सरकारले भदौभित्र स्थानीय निकाय पुनःसंरचना आयोगलाई आफ्नो प्रतिवेदन बुझाउन भनेको थियो ।
डा यादवले भन्नुभयो – “हतार हतारमा आयोगको प्रतिवेदन ल्याई यसको दोषजति निर्वाचन आयोगको टाउकोमाथि थोपर्ने काम नहोस्, हतार नगर्नुहोला, समय छ, सुझबुझ ढङ्गले काम गरौँ ।”
आयोगको काम र कर्तव्य नै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने रहेको बताउँदै उहाँले निर्वाचनका लागि आवश्यक पूर्वाधार सरकारले पूरा गरिदिएमा जुनसुकै निर्वाचन गर्न आयोग तयार छ भन्नुभयो ।
आयोगले नयाँ संविधानअनुसार आयोग ऐन, मतदाता ऐन, मतदाता शिक्षा ऐन, स्थानीय निर्वाचन ऐन, २०४८ लगायत छ ऐनलाई आवश्यक संशोधन गरी सरकारलाई पठाएको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले लोकतन्त्रलाई सुदृढ बनाउने माध्यम नै निर्वाचन हो भन्नुभयो । आयोगका सचिव शारदाप्रसाद त्रितालले संविधान कार्यान्वयन गर्ने क्रममा संविधानको भावनानुरुप आयोगसित सम्बन्धित ऐन तथा नियम परिमार्जन कार्य भइरहेको बताउनुभयो ।
मस्यौदामा निर्वाचन मितिको तोक्ने अधिकार आयोगमा राखिएको छ । मस्यौदामा भनिएको छ – “संविधानको धारा ८५ मा उल्लेख भए बमोजिम विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल समाप्त हुनुभन्दा छ महिनाअघि आयोगले प्रतिनिधिसभाको निर्वाचन हुने मिति तोकी सोको जानकारी सरकार र मन्त्रिपरिषद्लाई दिनुपर्ने छ ।”
मस्यौदामा निर्वाचन प्रणाली, निर्वाचन क्षेत्र र सदस्य सङ्ख्या, पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली, उम्मेदवारको बन्दसूची जस्ता प्रावधान छन् ।
यसैगरी निर्वाचन अधिकृत र मतदाता अधिकृतको नियुक्ति, मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार, नियुक्ति जस्ता विषय मस्यौदामा छन् । मस्यौदामा निर्वाचनको सूचना, उम्मेदवार तथा मनोनयनपत्र, उम्मेदवारको योग्यता, मतदान, मतदान केन्द्र, मतपत्र र मतपेटिका लगायत निर्वाचनसित सम्बन्धित प्रावधान पनि छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ