News Category 2073/04/26
करिब दुई वर्षपछि बेचनीले पाइन् न्याय
दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
पटक पटक बोक्सीको आरोपमा कुटिएकी एक एकल महिलाले कबिर दुई वर्षपछि अदालतबाट न्याय पाएकी छिन् ।
पुनरावेदन अदालत राजविराजले सप्तरीको बोरिया गाविस ८ निवासी बेचनी देवी यादवलाई बोक्सीको आरोपमा कुटिपिट गरेका सोही स्थान निवासी शिवनारायण यादवलाई मंगलबार १५ दिन कैद र एक हजार जरिवानाको फैसला गरेको छ ।
पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधिश कुमार चुँडाल र न्यायाधिश उमेश सिंहको संयुक्त इजलासले सो फैसला गरेको हो ।
बेचनी देवी यादवलाई २०७१ साल असोज महिनामा बोक्सी भन्दै शिवनारायण लगायतले पटक पटक कुटपिट तथा गालि गलौज गरेपछि उनले अदालतमा मुद्दा दायर गरेकी थिइन ।
बेचनी देवीलाई कुटपिट गर्ने कार्यमा संलग्न शिवनारायणकी श्रीमती चनन देवी, छोरी रेणु कुमारी यादव, रामकुमार यादव र उनकी श्रीमती तपेश्वरी देवी यादवलाई भने अदालतले सफाई दिएको छ । पीडितका तर्फबाट अधिवक्ता बालकिशोर यादव र भरत यादवले बहस गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ