News Category 2073/04/26
बाढी पीडित २० परिवारलाई एक्वा बक्स वितरण
दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
जनकपुरका समाजसेवी सरोज रायद्वारा मंगलबार सप्तरीका पूर्ण घर क्षति भएका बाढी पीडतहरुलाई राहत स्वरुप एक्वा बक्स वितरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरको सहयोगमा कोइलाडी, रम्पुरा मल्हनिया, इनर्वा, बभनगमाकट्टी, सकरपुरा, हनुमाननगरका बाढी पीडितहरुलाई एक्वा बक्स बितरण गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रमुख, स्थानीय समाजसेवी अधिवक्ता मदन मोहन चौधरी, समाजसेवी बबलु सिंह, युवा अभियन्ता अभिनव चौधरी र उनका टिम लगायतकाहरुको उपस्थितिमा सो राहत वितरण गरिएको जनाइएको छ ।
चार दिनदेखि लगातार सप्तरीमा राहत कार्य वितरण गरिरहेका समाज सेवी सरोज रायले सप्तरी बाढी पीडितका लागि शुरु गर्नुभएको “सप्तरी फ्लड २०१६” अभियान मार्फत ६ सय ८ बाढी पीडितलाई राहत सामग्री र २० जनालाई एक्वा बक्स वितरण गरिएको जनाइएको छ ।
यस्तै साउन २८ गते दुई सय परिवारका लागि राहत सामग्री काठमाडौँबाट आइराखेको र आउने शनिवारदेखि सप्तरीको विभिन्न ठाउँमा निशुल्क मेडिकल शिविर लाग्ने सरोज रायले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ