News Category 2070/06/03
जिल्लामा ४ सय ६८ मतदान केन्द्र तोकियो
दैनिक संवाददाता
राजविराज, २ असोज ।
संविधानसभा निर्वाचनका लागि सप्तरीको ६ वटै निर्वाचन क्षेत्रहरुको कार्यालय स्थापना भएको छ ।
जिल्लाको.वसविटी गाविस ७ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ६ वटै क्षेत्रको कार्यालय स्थापना गरिएको हो ।
असोज १ गते मंगलबारदेखी स्थापना भएको उक्त क्षेत्रिय कार्यालयहरुमा जिल्ला अदालतका ६ जना न्यायाधिशहरु निर्वाचन अधिकृत तोकिनु भएको छ । जिल्लाको ६ वटै क्षेत्रका लागि जिल्ला न्यायाधिश रामप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने उहाँले नै क्षेत्र नं. ३ को समेत जिम्मेवारी पाउनु भएको छ ।
यसैगरि क्षेत्र नं. १ का लागि चन्द्र बहादुर सारु, क्षेत्र नं. २ का लागि राजेन्द्र अधिकारी, क्षेत्र नं. ४ का लागि बद्री प्रसाद ओली, क्षेत्र नं. ५ का लागि तेजनारायण पौडेल र क्षेत्र नं. ६ का लागि कमलप्रसाद पोखरेललाई तोकिएको छ ।
कार्यालय स्थापना भएको ठिक एक दिनपछि जिल्लाको सम्पूर्ण क्षेत्रको मतदान केन्द्र संख्या समेत सोही कार्यालयमा टाँस गरिएको छ । जसअनुसार क्षेत्र नं १ मा ८६, क्षेत्र नं. २ मा ७४, क्षेत्र नं. ३ मा ८१, क्षेत्र नं. ४ मा ७५, क्षेत्र नं. ५ मा ७६ र क्षेत्र नं. ६ मा ७६ गरि जम्मा ४ सय ६८ मतदान केन्द्र तोकिएको छ ।
यसअघि निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले गाउँ गाउँमा खटिने कर्मचारी तथा गाविस सचिवहरु गरी ८ सय जनालाई मतदाता शिक्षा सम्बन्धि तालिम दिएको छ ।
ती कर्मचारीहरु मध्ये ५ सय ६० जनालाई मतदाता परिचयपत्र बितरण र मतदाता शिक्षा सम्बन्धित घरदैलोमा प्रचार प्रसारमा खटाईने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
त्यसैगरि गाविस सचिवहरुलाई निर्वाचन प्रभावकारी ढंगले सम्पन्न गराउन वातावरण बनाउनका लागि तालिम दिइएको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ