News Category 2073/04/28
गाजासहित दुई महिला नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
सप्तरी प्रहरीले बिहीबार गाजासहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
सप्तरीको बोरिया गाविस ७ स्थित एक चिया पसलबाट लागु औषध गाँजासहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले स्थानिय पर्शुराम दासको चिया पसलमा शंकाको आधारमा खानतलासी लिँदा ३ वटा प्लाष्टिकको प्याकेटमा प्याकिङ गरी बेच्न राखेको तयारी गाँजा फेला पारेको जनाएको छ ।
त्यस्तै प्रहरी पसलपछि घरमा समेत छापामार्दा दुई केजी तयारी गाँजा फेला परेको जनाएको छ । यता प्रहरीले पसलमा रहेकी पर्शुरामकी श्रीमती उर्मिला दासलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिएको जनाएको छ भने घरधनी पर्शुराम दास फरार भएकाले निजको खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रहरीले बिहीबारै राजबिराज नगरपालिका ७ बस्ने ज्ञानेन्द्र चौधरीको घरमा शंका लागी चेकजाच गर्ने क्रममा करिब तीन केजी गाजा बरामद गरेको छ ।
बेच्न राखेको तयारी अवस्थामा फेला परेको गाजासहित प्रहरीले निजकी श्रीमती सुमिला देबी चौधरीलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाउँदै घरधनी ज्ञानेन्द्र चौधरी फरार रहेकोले खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ