News Category 2073/04/29
जिल्ला स्तरिय युवा सम्मेलन सुरु हरेक क्षेत्रमा युवा सहभागिता अनिवार्य ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीको इतिहासमा पहिलो पटक स्थानिय युवाहरुकै अगुवाइमा शुक्रबार राजविराजमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सम्मेलन मनाइदै छ ।
दुई दिनसम्म चल्ने सम्मेलनका मुल आयोजक समितिको आयोजनामा जिल्लाको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा युवा सम्मेलन सुरु भएको हो ।
सम्मेलनको पहिलो दिन सामुहिक रुपमा मैनबत्ति बालेर उद्घाटन गरिएको युवा सम्मेलनमा निवर्तमान सिंचाई मन्त्री उमेश यादव, महिला बालबालिका ज्येष्ठ नागरिक समाजकल्याण संसदिय समितिका सभापति रन्जु झा, विभिन्न राजनीतिक दलका प्रतिनिधी, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, प्रहरी प्रमुख भिम ढकाल, सशस्त्र प्रहरी उपरिक्षक दमन थापा, मधेशी मोर्चा सप्तरीका संयोजक नरेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादव, युवा अभियन्ता आनन्द मिश्रा, युवा नीति निर्माण समितिका सदस्य प्रदिप परियार, युनिसेफ बिराटनगरका सञ्चार अधिकृत सुमन लामा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सेभ द चिल्ड्रेनका अरुण मण्डल, आसमा नेपालकी राधा कोइराला, सर्च फर कमन ग्राउण्डका राजेश लोहनी, युएन ह्याबिट्याटका भूषण तुलाधर, एमालेका युवा नेता दुर्गानन्द ठाकुरलगायतका वक्ताहरुले राज्यको हरेक क्षेत्रमा युवा सहभागिता नभएको प्रति सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो ।
आयोजक समितिका संयोजक श्रवण कुमार देवले जिल्लामा बढ्दो बेरोजगारीको समस्याका कारण युवाहरु बिदेश पलायनलाई न्युनिकरण गर्ने प्रयास, लोप हुन लागेको संस्कृतिहरुको पुर्नताजगी, युवाहरुको स्थानिय निकायमा बढी पहुँच लगायतका उद्देश्यहरुमा सम्मेलनले मद्दत पुग्ने वश्वास व्यक्त गर्नुभयो ।
यसअघि शुक्रबार बिहान युवाहरुले राजविराज नगरको प्रभातफेरी गर्दै स्थानिय गजेन्द्र चौकमा ५ सय १ बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
जिल्लाको ९१ गाविसका एक महिला र एक पुरुष तथा पाँच नगरपालिकाबाट दुई महिला र दुई पुरुष गरि २ सय ५० जना युवाहरुको सहभागिता रहेको युवा सम्मेलनका संयोजक देवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ