News Category 2073/04/30
१८ बुँदे घोषणा पत्र जारि गर्दै सप्तरी युवा सम्मेलन सम्पन्न
राजविराज÷सप्तरी युवा सम्मेलन १८ बुँदे घोषणा पत्र जारि गर्दै शनिबार सम्पन्न भएको छ ।
मुल आयोजक समितिको आयोजनामा जिल्लाको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा शुक्रबारदेखी सुरु भएको सम्मेलन १८ बुँदे घोषणा पत्र जारि गर्दै सम्पन्न भएको हो ।
जारि घोषणा पत्रमा युवा लक्षित बजेट विनियोजनका लागि स्थानिय निकायमा दबाव श्रृजना, वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष भएर जान प्रोत्साहन गर्न र जाने क्रमलाई विस्तारै घटाउदै लग्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै रोजगारी प्रर्वद्धनका लागि गाँउ गाँउमा शिपमुलक तालिम संञ्चालन गर्ने र उद्यमशिलता प्रर्वद्धन गर्ने कार्यक्रमलाई अगाडि बढाउने पहल, युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सरकारी तथा गैर सरकारी निकायहरु सँग उचित सहकार्य गर्न युवाले नेतृत्व लिन पहल, जिल्ला युवा परिषद र युवा सूचना केन्द्र लाई प्रभावकारी रुपमा संचालन गर्न आबश्यक खवरदारी र सहयोग गर्न पहल गरिने उल्लेख छ ।
समाजमा रहेको सबैखाले विभेद, जातिय विभेद, महिला माथि हुने विभेद, अपांङ्गता, तेश्रोे लिङ्गी माथि हुने सबैखाले विभेद अन्त्यको लागि युवाले नेतृत्वदायी भूमिका, जिल्लालाइ खुला दिसा मुक्त क्षेत्र घोषणा गराउन अझ सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सप्तरी जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा युवा सूचना केन्द्र स्थापना गर्ने पत्रमा उल्लेख छ ।
स्थानिय विकासमा युवाहरुको पहुँच, तेश्रो लिङ्गी मैत्री नीति अनुसरन, बालबिवाह तथा दाइजो नियन्त्रणमा युवा अभियान संचालन, समतामूलक शिक्षामा जोड, युवाहरुको क्षमता अभिवृद्धि तथा शिपमूलक विकासमा जोड, प्रत्येक गाविस, नगरपालीका तथा जिल्लामा युवा सञ्जालको विस्तार गर्ने लगायत रहेको छ ।
यसैगरि घोषणा पत्रमा दुव्र्यसनमा फँसेका युवाहरुलाई स्थानिय प्रशासन, प्रहरी तथा अन्य संघ संस्थाहरुसँग सहकार्य गरी लागू औषधका समस्या न्यूनिकरण, बिद्यालय भन्दा बाहिर रहेका हरेका बालबालिकालाई बिद्यालय सम्म पु¥याउने, युवालाई स्वस्थ राख्न र समय अनुरुपको मनोरंजन प्रदान गर्न सवै क्षेत्रमा आवश्यक खेलकुद र मनोरंजनका कार्यक्रमहरु संचालन गर्न पहल गर्ने, सप्तरी जिल्लालाई पूर्ण सरसफाइ जिल्ला घोषणा गर्न युवाको नेतृत्वदायी भुमिका मार्फत बिभिन्न कार्यक्रमहरु संचालन गर्न पहल गर्ने रहेको छ ।
घोषणा पत्र जारि सँगै आयोजित कार्यक्रममा सम्मेलनमा सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्था तथा संचारकर्मीहरु लगायतलाई मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, प्रहरी उपरिक्षक भिम ढकाल, सहायक प्रहरी उपरिक्षक दान बहादुर कार्की, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सप्तरी खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल, राजविराज नगरपालिकाका कार्यकारी प्रमुख विष्णु गुरुङले मायाको चिनो प्रदान गर्नुभयो ।
त्यस्तै कार्यक्रममै आयोजक समितिका संयोजक श्रवण देवले सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याललाई मायाको चिनो प्रदान गर्नुभयो ।
आयोजक समितिका संयोजक श्रवण कुमार देवले जिल्लामा बढ्दो बेरोजगारीको समस्याका कारण युवाहरु बिदेश पलायनलाई न्युनिकरण गर्ने प्रयास, लोप हुन लागेको संस्कृतिहरुको पुर्नताजगी, युवाहरुको स्थानिय निकायमा बढी पहुँच लगायतका उद्देश्यहरुमा सम्मेलनले मद्दत पुग्ने वश्वास व्यक्त गर्नुभयो ।
सप्तरीको इतिहासमै पहिलो पटक भएको युवा सम्मेलनमा जिल्लाको ९१ गाविसका एक महिला र एक पुरुष तथा पाँच नगरपालिकाबाट दुई महिला र दुई पुरुष गरि २ सय ५० जना युवाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ