News Category 2073/04/32
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७२ बाट सप्तरीका तीन कृषक पुरस्कृत
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
“राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२” सप्तरीका तीन जना कृषकलाई सोमबार प्रदान गरिएको छ ।
सप्तरी जिल्लामा तरकारी बालि तर्फ प्रथम पुरस्कार हनुमाननगर ७ निवासी कृष्ण बिहारी मेहता, पशुपालन तर्फ द्धितिय पुरस्कार बकधुवा ८ निवासी कृति प्रकास तिवारी र फलफुल बाली तर्फ कागतीबालीमा तृतिय पुरस्कार पत्थरगाडा ६ निवासी भागवत यादवलाई प्रदान गरिएको छ ।
जिल्ला कृषि बिकास कार्यलय सप्तरीले आयोजनामा आयोजित कार्यक्रममा तीनै जनालाई जनही रु दश हजारको दरले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको बरिष्ठ कृषि बिकास अधिकृत भागिरथ यादवले बताउनुभयो ।
“राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२” बितरण समारोहमा कृषकको योगदानलाई सम्मान गर्न, कृषि पेशालाई समाजको आकर्षक एवम् सम्मानित पेशाको रुपमा स्थापित गर्न सहयोग पु¥याउन, कृषकको मनोवल उच्च राख्न सहयोग पु¥याउन, कृषक समुदायमा स्वस्थ्य प्रतिस्पर्धाको भावना विकास गरी कृषि पेशालाई व्यवसायिक बनाउन सहयोग पु¥याउन तथा शिक्षित युवालाई कृषि पेशा तर्फ आकर्षित गर्ने लगायतका उदेश्य परिपूर्ति गर्न पुरस्कार हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।
त्यस्तै खाद्यान्न, फलफुल, तरकारी, माछा, बालि उप्पादन र कृषक समुह प्रतियोगितमा प्रत्येक बिद्यामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना पुरस्कार प्राप्त गर्ने २० जना कृषकहरुलाई क्रमशः रु. ५००० रु. ३०००, रु. २००० र रु. ५०० को दरले नगद पुरस्कार तथा प्रमाण–पत्र बितरण गरिएको बाली संरक्षण एवम सुचना अधिकृत दिनेश प्रसाद यादवले बताउनुभयो ।
साथै जिल्ला कृषि बिकास कार्यालयमा उत्कृष्ट काम गर्ने प्रासद्वय अग्नीदेव चौधरी, देवनारायण यादवलाई क्रमशः प्रथम र द्धितिय पुरस्कार बाप्त रु. ५०००, रु. ३००० तथा नाप्रास बेचन सढोक यादवलाई सम्मान पत्र प्रदान गरिएको सुचना अधिकृत यादवले जानकारी दिनुभयो ।
सो पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालयका प्रमुख धिरेन्द्र प्रसाद सिँह, अतिथि जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशिनाथ यादव र जिल्ला कृषि बिकास कार्यलय सप्तरीका बरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवको अध्यक्षतामा सम्पन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ