News Category 2073/05/01
सगरमाथा अंचलमा ७ हजार बढी मुद्दाहरु फर्छयौट
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
पुनरावेदन अदालत राजविराजसहित सगरमाथा अंचलका ७ अदालतले आर्थिक वर्ष २०७२÷७३ मा कुल ७ हजार १ सय ७६ मुद्दाहरु फर्छयौट गरेको छ ।
जसमा पुनरावेदन अदालत राजविराजले १ हजार ६ सय ३०, सप्तरी जिल्ला अदालत राजविराजले २ हजार ६ सय ५, सिरहा जिल्ला अदालतले १ हजार ६ सय ९५, उदयपुर जिलला अदालतले ६ सय ४२, खोटाङ जिल्ला अदालतले २ सय १७, ओखलढुंगा जिल्ला अदालतले २ सय ३५ र सोलुखुम्बु जिल्ला अदालतले १ सय ५१ मुद्दाहरु फर्छयौट गरेको हो ।
मंगलबार राजविराजस्थित पुनरावेदन अदालतले गरेको संचारकर्मीहरुसँगको अन्तरक्रियामा अदालतका रजिष्टार मान बहादुर कार्की सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
यता गत आर्थिक वर्षमा पुनरावेदन अदालतले एउटा पनि मेलमिलापको मुद्दाहरु फर्छयौट गर्न नसकेको जनाएको छ । गत वर्ष पुनरावेदन अदालतमा ७२ वटा मेलमिलापका मुद्दाहरु दर्ता भए पनि त्यस मध्ये एउटा पनि मुद्दा फर्छयौट नभएको जनाएको छ ।
यता पुनरावेदन अदालतमा चालु आव २०७३÷७४ मा गत आर्थिक वर्षको २ हजार ७ सय २ मुद्दाहरु जिम्मेवारी सरी आएको रजिष्टार कार्कीले जानकारी दिदै चालु आवमा ३ हजार ५ सय ३८ मुद्दाहरु फर्छयौट गर्ने अनुमान गरेको बताउनुभयो ।
अन्तरक्रियामा रजिष्टार कार्कीले चालु आवमा पुनरावेदन बढी पर्ने सप्तरी र सिरहाका लागि सप्तरी र सिरहा फाँट बेग्ला बेग्लै खडा गरी मुद्दा व्यवस्थापन गर्ने व्यवस्था मिलाउने तयारी गरेको जानकारी दिनुभयो । यस्तै सेवाग्राहीहरुलाई अदालत प्रवेश गर्दा पासको व्यवस्था मिलाइने जनाइएको छ । उहाँले चालु आवमा गत आव जस्तै रिटहरुलाई एक वर्ष नाघ्न नदिइने जनाउँदै थुनुवा मुद्दा, साना प्रकृतिका मुद्दा र प्राथमिकता प्राप्त मुद्दालाई एक वर्ष नाघ्न नदिइने बताउनुभयो ।
यसैगरी आवश्यकता अनुसारका ईजलास अधिकृत, कम्प्युटर अपरेटर र प्रयाप्त कम्प्युटरहरुको व्यवस्था गरी फैसला भएको मितिले १५ दिन भित्र फैसला तयार गर्ने व्यवस्थाका साथै सबै प्रतिवेदनहरु दर्ता भएको मितिले एक महिना भित्र फर्छयौट गर्ने प्रयास गरिने उहाँले जानकारी दिनुभयो ।
सो अन्तरक्रियामा पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुँडाल, न्यायाधिशहरु उमेश कुमार सिंह, निता गौतम दिक्षित, माधव पौडेल, राजकुमार वन लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ