News Category 2073/05/01
दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई चोर पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई चोरलाई मंगलबार पक्राउ गरेको छ ।
सप्तरीको सखडास्थित मन्दिर दर्शन गर्न आएका एक भारतीय नागरिकको मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गेको छ ।
प्रहरी मोटरसाइकल चोरी गर्ने जिल्लाको तिलाठी ४ बस्ने २४ वर्षिय बिजय यादवलाई पक्राउ गरेको हो ।
भारतको मधुवनी पुर्वा प्रसाही ३ निवासी सतिस कुमार यादव सोमबार मोटरसाइकल मन्दिर परिसरमै पार्किङ गरी दर्शन गर्न गएको बेला बिआर ३२सी६८७३ नं को मोटरसाईकल चोरी भएको हो ।
यसैगरि राजविराज ६ निवासी सुजिता यादवको घरबाट नगद तथा विभिन्न सामानहरु चोरी गर्ने चोरलाई प्रहरीले मंगलबारै पक्राउ गरेको छ ।
प्रहरीले सप्तरीको जमुनि मधेपुरा ९ लक्ष्मीपुर टोल निवासी १९ वर्षिय बिनोद यादवलाई नोकिया मोबाईल, नगद २९ हजार, आइफोन र ९० यूएस डलरसहित पक्राउ गरेको हो ।
अमेरिकाको ब्यालोस निवासी नम्रता यादव आफ्नो दिदि सुजिता यादवको घरमा आएको बेला सोमबार राती चोरले खुलिराखेको झ्यालबाट कोठा भित्र छिरेर सो नगद सहितसामानहरु चोरेर लगेको प्रहरीले जनाएको छ ।
यता घटना भएको ६ घण्टा नबित्दै प्रहरीले उक्त चोरलाई खोजतलास गरी फेला पारेको जनाएको छ । दुबै घटनाका संलग्न ब्यक्तिहरुलाई कानून बमोजिम कारबाहीको लागी प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ