News Category 2073/05/03
२० घण्टा भित्रै सप्तरी प्रहरीद्वारा ७ वर्षिया नाबालिका सकुशल अपहरण मुक्त
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
सप्तरी प्रहरीले ७ वर्षिया नाबालिकाको अपहरण भएको २० घण्टा भित्रै भारतबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरि सप्तरीको नर्घो गाविस ६ निवासी लक्ष्मण मण्डलकी ७ वर्षिया छोरी सन्तोषि मण्डललाई भारतको बिहार राज्य अन्तरगत मधुवनी जिल्लाको लौकही थानाको करियौत पञ्चायतबाट सकुशल अपहरण मुक्त गराएको जनाएको छ ।
नर्घो गाविसस्थित लक्ष्मण मण्डलकी छोरी सन्तोषिलाई बुधबार साँझ ४ बजे अपहरणकारीले अपहरण गरि सीमावर्ती क्षेत्र बिहारको लौकहीहुँदै करियौत पु¥याएपछि स्थानीय झुटकी प्रहरी र जिल्लाबाट प्रहरी उपरिक्षक भिम ढकालसम्मिलित खटेको प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा नाबालिकालाई बिहीबार बिहान ११ बजे अपहरण मुक्त गराउन सफल भएको जानकारी दिएको छ ।
यता अपहरणकारीले नाबालिकालाई के कारणले अपहरण गरेको भन्ने कुरा खुल्न नसकेपनि प्रहरीले व्यक्तिगत रिसिबीका कारण अपहरण गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ । यस्तै प्रहरी उपरिक्षक भिम ढकालले अपहरण गर्ने कार्यमा संलग्न एक अपहरणकारीको पहिचान भइसकेकोले उसलाई चाडै नै पक्राउ गर्ने दाबी समेत गर्नुभयो ।
यसअघि पनि सप्तरी प्रहरी गत साउन ६ गते जिल्लाको रौतहट गाविसबाट अपहरणमा परेको एक ८ वर्षिय नाबालकलाई सकुशल मुक्त गराउन सफल भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ