News Category 2073/05/04
कार्यालय प्रमुखहरुले सूचना दिने लिखित प्रतिबद्धता जनाए
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
सप्तरीका सरकारी कार्यालयका प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता गरेका छन् ।
सूचनाको हक सम्बन्धी ऐनलाई लिएर शुक्रबार राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकमा कार्यालय प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सूचनाको हक सम्बन्धी ऐन अनुसार दिनुपर्ने हरेक सूचना प्रवाह गर्ने प्रतिबद्धता कार्यालय प्रमुखहरुले जनाउनुभयो । उहाँहरुले राष्ट्र, एकता, अनुसन्धानमा खलल पार्नेसहित ऐनले निर्दिष्ट गरे अनुसार नदिनेबाहेकका सबै सूचना दिने जानकारी दिनुभयो ।
राज्यका काम, कार्वाही लोकतान्त्रिक पद्धति अनुरुप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेबार बनाउन सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने प्रतिबद्धता उहाँहरुको रहेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालयको अध्यक्षतामा बसेको बैठकमा सप्तरीका प्रायः सबै कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ