News Category 2070/06/04
एसपीलाई घुस दिन आउ“दा प्रहरी खोरमा
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
तस्करीका लागि लाइन मिलाइ दिनु प¥यो भन्दै सप्तरीका प्रहरी उपरिक्षक (एसपी) दिनेश अमात्यसँग कुराकानी गर्न आएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अमात्यले ती दुईजनालाई आफूलाई रकमको प्रलोभन (घुस) दिन आएको भन्दै नियन्त्रणमा लिएको बताउनुभयो ।
घुस दिन आएका सप्तरीको मौवा ४ निवासी ३० वर्षिय घनश्याम मण्डल र सिरहाको माडर ६ निवासी ४० वर्षिय सुधन रौनियार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दशैंको बेलामा तस्करीका लागि छुट दिनुप¥यो भन्दै बुधबार ती दुई व्यक्ति कार्यकक्षमै आएर सो प्रलोभन दिएको प्रहरी उपरिक्षक अमात्यले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
प्रहरीले केही अघि मात्र गोप्य सूचनाको आधारमा सप्तरीको कुशहा ६ स्थित एक खाली घरबाट भन्सार छलेर ल्याएको करिब ४ लाख मुल्य बराबरकोे समान सप्तरीको कुशहा गाविसबाट बरामद गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ