News Category 2073/05/07
विद्युत अवरुद्ध हुँदा आँखा कान अस्पतालको सेवा ठप्प
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
ट्रान्सफर्मर पड्किएर विद्युत सेवा अवरुद्ध भएपछि राजविराजस्थित आँखा अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको छ । सप्तरीको एक मात्र सगरमाथा चौधरी आँखा अस्पताल लहान, शाखा आँखा उपचार केन्द्र राजविराज मलेठमा विद्युत अवरुद्ध भएपछि बिरामीहरु उपचार गर्नबाट बञ्चित भएका छन् ।
राजविराज रुपनी सडक खण्ड अन्तरगत सप्तरीको मलेठ गाविस ७ मा रहेको आँखा अस्पतालका बिरामीहरु विद्युत नभएको कारणले उपचार गर्नबाट बञ्चित भएका छन् । मलेठ गाविसस्थित सो सडक खण्डमा रहेको ५० मेघावाटको विद्युतीय ट्रान्सफर्मर शनिबार राती ८ बजे पड्किएको हो । यता ट्रान्सफर्मर पड्किएकै दिन बिहान अस्पतालमा रहेको जेनरेटर बिग्रिनु र इन्भर्टर समेत डिस्चार्ज हुनाले बिरामी झनै अन्यौलमा परेका छन् ।
विद्युत सेवा अवरुद्ध भएपछि आइतबार बिहानैदेखी अस्पतालले बिरामीहरुलाई सेवा दिन नसकेको अस्पतालका प्रमुख रामकुमार झाले बताउनुभयो । यस्तै अस्पताल क्षेत्रकै अर्को भवनमा रहेको कान उपचार केन्द्रका बिरामीहरु समेत विद्युत सूचारु नहुँदा विचल्लीमा परेका छन् ।
यता बिरामीहरुले अस्पतालले जेनरेटरको व्यवस्था गरेर पनि बिरामीहरुको उपचार गर्नुपर्ने माग गरेका छन् । प्रत्येक दिन एक सय भन्दा बढी बिरामीहरु आँखा जाँच गराउन अस्पताल पुग्ने गरेका छन् । सो अस्पतालले आँखा सम्बन्धि सम्पूर्ण जाँच गर्नुका साथै हप्ताका एक पटक मोतियाबिन्दुको शल्यक्रिया समेत गर्ने गरेको छ ।
यस्तै विद्युत अवरुद्ध हुँदा मलेठ गाविस वडा नं. ३, ७ र ८ का सयौ परिवार गर्मीमा कष्टकर जीवन यापन गर्न बाध्य भएका छन् । त्यस्तै विद्युत नहुँदा मलेठ गाविसमा रहेका दुई वटा धान कुटने मिल, एउटा फर्निचर उद्योग र दुई वटा पेट्रोल पम्प समेत बन्द भएको छ । यस सम्बन्धमा विद्युत प्राधिकरणलाई सम्पर्क गर्दा उक्त क्षेत्रमा विद्युत सूचारु हुन कम्तिमा एक साता लाग्ने जवाफ दिएको प्रमुख झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ