News Category 2073/05/07
एकता भेलाबाट प्रेस सेन्टर सप्तरीको अध्यक्षमा गुप्ता चयन, विश्वकर्मा पनि अध्यक्ष भएको दाबी
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
प्रेस सेन्टर नेपाल सप्तरी जिल्ला शाखाको एकता भेलाले सोमबार गोपाल प्रसाद गुप्ताको अध्यक्षतमा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ ।
गठित सो समितिको बरिष्ठ उपाध्यक्षमा डम्बर राई, उपाध्यक्ष त्रयमा विन्दु यादव, अमिर नारायण यादव र महेश यादव रहनु भएको छ । यस्तै सचिवमा दिनानाथ यादव, सहसचिवमा भूपेन्द्र प्रसाद मण्डल र कोषाध्यक्ष मञ्जु यादव रहनु भएको छ ।
यस्तै सदस्यहरुमा जिवछ दास, राम अबतार यादव, कल्पना यादव, जितेन्द्र प्रसाद गुप्ता, जिवछ यादव, प्रमोद यादव, शुभनारायण मालाकार, त्रिभुवन यादव, शिवकुमार यादव, प्रमेश्वर मण्डल र मनोज कुमार यादव रहनुभएको छ भने सल्लाहकारहरुमा सुरेन्द्र प्रसाद गुप्ता, महेन्द्र मण्डल ‘बनबारी’ र भगवती यादवलाई चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व एनेकपा माओवादीका जिल्ला ईन्चार्ज एवम् सप्तरी जिल्ला क्षेत्र नं.२ का सांसद अशोक कुमार मण्डल ‘अमर’, नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक कमिटी सदस्य तथा पूर्व नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज देवनाथ यादव, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व नेकपा माओवादका जिल्ला संयोजक जयप्रकाश यादव साथै प्रेस सेन्टर नेपाल प्रदेश नं. २ का ईन्चार्ज एस.बी.थापा मगर, संयोजक देवराम यादव र सहसंयोजक हिरालाल चौधरीको उपस्थितिमा प्रेस सेन्टर नेपाल सप्तरी शाखा गठन गरिएको सोमबार जारि विज्ञप्तिमा जनाइएको छ ।
यस्तै विज्ञप्तिमा प्रेस सेन्टर नेपाल प्रदेश नं. २ को लेटर प्याड अनधिकृत रुपमा प्रयोग गरी प्रदेश नं. २ का सहसंयोजक रहेका राजु विश्वकर्माले पार्टी र संगठनको नीति विपरीत नयाँ कार्य समिति गठन गरिएको भनी विज्ञप्ति जारी गरिएको भए पनि उक्त संगठन (कार्य समिति) प्रेस सेन्टर नेपालको आधिकारिक संगठन नरहेको र उक्त विज्ञप्तिको भ्रममा नपर्न सबैमा सूचित गरिएको उल्लेख छ ।
यसैगरि सोमबारै प्रेस सेन्टर नेपाल सप्तरीको २ नम्बर प्रदेशका सहसंयोजक राजु विश्वकर्माले एक प्रेस विज्ञप्ति जारि गर्दै आफ्नै अध्यक्षतमा प्रेस सेन्टर सप्तरीको नयाँ कार्य समिति गठन भएको दाबी गर्नुभएको छ ।
जारि विज्ञप्तिमा गठित समितिका उपाध्यक्षहरुमा अरुण कुमार तिवारी, दिपेन्द्र प्रसाद यादव र कमानन्द माझी, सचिवमा विद्यानन्द राम, सहसचिवमा ओमप्रकाश यादव र कोषाध्यक्षमा ऋषिकेश आचार्य तथा सदस्यहरुमा रामनाथ यादव, देवनारायण यादव, मो. सलाउदीन, सन्तोषकुमार यादव, रमण कुमार देव, ऋचा कुमारी र जयप्रकाश चौधरी रहेको उल्लेख छ ।
नेकपा माओवादी केन्द्रका महाधिबेशन आयोजक समितिका सदस्य एंव सप्तरी क्षेत्र नम्बर ३ का संयोजक भागवत यादवको बिशेष आतिथ्य र नेकपा माओवादी केन्द्रका नेता तथा अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय सचिव केदार देवको उपस्थितिमा तपसील बमोजिमको नयाँ कार्यसमिति गठन गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ