News Category 2073/05/07
अवैध मदिरा उत्पादन गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
प्रहरीले राजविराज ४ स्थित अवैध मदिरा उत्पादन तथा बिक्रि गर्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय राजबिराजका सई ब्रम्हदेव साहको कमाण्डमा खटिएको प्रहरी टोलीले राजबिराज ४ निवासी गंगा बास्तोला, सोही स्थान निवासी तारा मगर र वडा नं. ३ निवासी मिना सतारलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको डेराबाट अबैध मदिरा उत्पादन गर्ने भाडाबर्तन सहित मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ५ सय केजी, तयारी मदिरा १५ लिटर साथै वडा नं. ३ निवासी मिना सतारको डेराबाट २ सय केजी कच्चा पदार्थ समेत बरामद गरेको जनाएको छ ।
यसैगरि प्रहरीले एक धान पसलमा चेकजाच गर्दा पेट्रोलियम पदार्थको समेत बिक्रि बितरण गरेको भन्दै पसल संचालकलाई पक्राउ गरेको छ ।
सप्तरीको बोरिया गाबिस वडा नं ७ घर भई हाल राजविराज नगरपालिका ६ मा धानको पसल गरी बस्ने बर्ष ३० को रन्जित दासले सोही पसलमा लुकाई छिपाई पेट्रोलियम पदार्थ बिक्रि गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पसलमा चेकजाँच गर्दा पेट्रोलियम पदार्थ राखी बढी मुल्यमा बिक्री गरिरहेको अवस्थामा २३ लिटर पेट्रोल सहित दासलाई पक्राउ गरी कालो बजारी ऐन अन्तर्गत कार्बाही शुरु गरिएको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ