News Category 2073/05/08
मधेश आन्दोलनका सहिदहरुको स्मृतीमा रक्तदान
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीले तेश्रो मधेश आन्दोलनका सहिदहरुको स्मृतीमा सप्ताव्यापी कार्यक्रम अन्तरगत मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालस्थित रक्त संचार केन्द्र हाताभित्र संघीय प्रेस फोरम सप्तरीले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ८ जना पत्रकार सहित ११ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला सदस्य गिता यादव रहेका छन ।
यसैगरी पत्रकारहरुमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देव, कान्तिपुरका सम्बाददाता अबधेश कुमार झा, संघीय प्रेस फोरम सप्तरीका उपाध्यक्ष बृजमान तामाङ, सचिब जितेन्द्र कुमार झा, सदस्य भुषण सिंह, आनन्द मोहन शर्मा, शिवप्रताप साह र टुडेका निरज कर्णले रक्तदान गरेको संघीय प्रेस फोरम सप्तरीका कोषाध्यक्ष धर्मपाल राउतले जानकारी दिनुभयो ।
कार्यक्रममा सांसद लक्ष्मी चौधरी, संघीय समाजबादी फोरम नेपालका राजनीतिक समिती सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्य सुर्यनाथ यादव, तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झा सहितका जिल्ला नेताहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ