News Category 2073/05/08
प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
ईलाका प्रहरी कार्यालय कन्चनपुर र प्रहरी चौकी फत्तेपुरको संयुक्त प्रहरी टोलीले जिल्ला सप्तरी सप्तकोशी नपा १ स्थित फत्तेपुर बजारमा अवैध घरेलु मदिरा मंगलबार बरामद गरेको छ ।
प्रहरीले गोप्य सुचनाको आधारमा उत्पादन तथा बिक्रि बितरण गर्ने गरेको भन्दै चेकजाँच गर्दा अबैध रुपमा उत्पादन गरेको मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी आन्तरिक राजश्व कार्यालय लाहान सिरहामा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रहरीको गस्ती टोलीले सप्तकोशी नपा १ बस्ने बिकास राईको पसलबाट मदिरा उत्पादन गर्ने भाडाहरु ड्रम ३ थान, माटोको भाडट १ सहित ६० केजी कच्चा पदार्थ, साबित्री गुरुङ सिल्भरको भाडा थान १ सहित ६० केजी कच्चा पदार्थ, त्यस्तै रिता गुरुङको प्लाष्टिकको ड्रम ८ थान सहित ८० केजी कच्चा पदार्थ बरामद गरिएको छ ।
यस्तै गोमा आलेमगरको सिल्भरको भाडा थान २, माटोको भाडा २ थान २५ केजी कच्चा पदार्थ र १६ लिटर तयारी रक्सी, सोही ठाउँका दुर्गा बहादुर श्रेष्ठको तामाको भाडा थान १, माटोको भाडा २ थान सहित ३० केजि कच्चा पदार्थ, सुभद्रादेवी पुलामी मगरको ड्रम ३, सिल्भरको भाडा थान १ थान, प्लाष्टिकको ड्रम ३ थान सहित ५० केजि कच्चा पदार्थ र सकुन्तला श्रेष्ठको सिल्भरको भाडा थान १, बाता थान १ सहित ८ लिटर तयारी रक्सी बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ