News Category 2073/05/09
एक सय १५ केजी गाजा र पेस्तोलसहित एक व्यक्ति पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको मल्हनवा गाविसबाट प्रहरीले १ सय १५ केजी लागुऔषध गाजा र पेस्तोलसहित एक ब्यक्तिलाई बुधबार पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गन बरमभिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा गाविस १ निवासी छोटीलाल भण्डारी मालीलाई पक्राउ गरेको हो ।
मालीको घरमा प्रहरीले छापा मार्दा १ सय १५ केजी लागुऔषध गाजा र एउटा सिक्सर पेस्तोल समेत बरामद गरेको जनाएको छ ।
प्रहरीको टोलीले उनकै घरमा लुकाइ राखेको नौ ओटा बोरामा प्याक गरिएको १ सय १५ केजी गाजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने २ राउड गोली बरामद गरिएको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
पक्राउ परेका भण्डारी माली बिरुद्ध अवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ