News Category 2073/05/09
भन्सार छली ल्यादै गरेको बिभिन्न समान बरामद
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
भन्सार छलेर ल्याउँदै गरेको समान प्रहरीले सप्तरीको बिभिन्न स्थानबाट बुधबार नियन्त्रणमा लिएको छ ।
भन्सार छलेर भारतीय बजारबाट नेपाल भित्राउदै गरेको समानहरुलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
अबैधरुपमा ल्याउदै गरेको २१ हजार मुल्य बराबरको १ सय ५२ पिस प्लाष्टिकको खेलौना सानो पेस्तोल, ११ थान रुमाल १ जहार १ सय ३६ थान सानो खेलौना गाडी लगायतको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीको टोलीले जिल्लाको पथरगाढा १ स्थित नहरमा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको राम छाप ३ सय प्याकेट खैनी, ५० केजी चिनी, एक थान साईकल समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै सखडाबाट खटिएको प्रहरी टोलीले छिन्नमस्ता गाविस ७ बाट भन्सार छली ल्याउदै गरेको ५० लिटर मट्टीतेल समेत नियन्त्रणमा लिएको छ ।
सोही प्रहरी टोलीले सप्तरीको लालापट्टी गाविसबाट भारतको मुजप्mफरपुर जिल्ला रामनगर पञ्चायत बस्ने ४५ बर्षीय मोहमदले भारतबाट नेपालतर्फ भन्सार छली साईकलमा ल्याउदै गरेको ३८ थान प्लाष्टिकको आरी, ४० वटा जग, ३० थान सोली, ३२ थान डाला, २५ वटा कपाल कोर्ने काईयो र १ थान साईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता नियन्त्रणमा लिएका सामानहरु आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय राजविराजमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ