News Category 2070/06/04
फोरम नेपालद्वारा ६ वटै क्षेत्रबाट उम्मेदबारको नाम सिफारिस
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
आसन्न संविधानसभा निर्वाचनका लागि मधेशी जनअधिकार फोरम नेपाल जिल्ला कार्य समिति सप्तरीले जिल्लाको ६ वटै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदबारको नाम बिहीबार केन्द्र सिफारिस गरेको छ ।
फोरम नेपालका जिल्ला सचिव उमेशप्रसाद यादवद्वारा जारि विज्ञिप्तमा प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट भर्खरै फोरम नेपालमा प्रवेश गर्नुभएका नेकपा–माओवादीका केन्द्रिय सदस्य सूर्यनाथ यादव, सुदेम्बर यादव, रामेश्वर यादव र शम्भु देवको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नं. २ बाट फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, क्षेत्र नं. ३ बाट शैलेन्द्र प्रसाद साह र महेश प्रसाद यादव, क्षेत्र नं. ४ बाट फोरम नेपालकी केन्द्रिय कोषाध्यक्ष रेणु कुमारी यादव, क्षेत्र नं. ५ बाट क्षेत्रिय अध्यक्ष ऐयुव राइन, शाबिर अलि, सदानन्द यादव र क्षेत्र नं. ६ बाट केन्द्रिय सल्लाहकार अनिरुद्ध प्रसाद सिंह यादव, अधिवक्ता बालकिशोर यादव र दयानन्द गोइतको नाम सिफारिस गरिएको छ ।
यसैगरि समानुपातिकतर्फ क्षेत्र नं. १ बाट पर्शुराम यादव, पत्रकार भोला पासवान र पूर्वसभासद लक्ष्मी चौधरी, क्षेत्र नं. २ बाट उमेश यादव (बुढो), योगेन्द्र यादव र बिरेन्द्र कुमार माझि, क्षेत्र नं. ३ बाट अशोक कुमार यादव, उमेश यादव, जिल्ला अध्यक्ष युसुफ अली, उपाध्यक्ष दिनेश यादव, रामकृष्ण मुखिया, किरण साह र उपमा देव, क्षेत्र नं. ४ बाट जिल्ला सचिव उमेश प्रसाद यादव, सहसचिव उपेन्द्र प्रसाद साह, सुरेन्द्र प्रसाद यादव, राधेश्याम पण्डित, साबिर खाँन र बेचनीदेवी सरदार, क्षेत्र नं. ५ बाट जिल्ला कोषाध्यक्ष मनोजकुमार यादव, क्षेत्र नं. ६ बाट सुरेन्द्र यादव, बिनोद चौधरी र परमेश्वरीदेवी मण्डलको नाम सिफारिस गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ