News Category 2073/05/11
राजविराजमा रथ यात्रा निकालियो
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
श्री कृष्ण जन्मष्टमीको अवसरमा शुक्रबार सप्तरीको सदरमुकाम राजविराजमा रथ यात्रा निकालिएको छ ।
सो अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले मलेठ ५ स्थित राधाकृष्ण मन्दिरदेखी भगवान श्री कृष्ण, राधा तथा अन्य भगवानहरुको रुप धारण गरी रथ यात्रा निकालिएको हो ।
ब्रहमाकुमारी राजयोग सेवाल केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदीको अगुवाईमा निकालिएको सो रथ यात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
यस्तै श्री कृष्ण जन्मष्टमीको अवसरमा शुक्रबार राजविराज सहित जिल्लाको अन्य ग्रामिण भेगहरुमा समेत मेला लागेको छ ।
बर्षमा एक पटक मनाईने श्री कृष्ण जन्मष्टमीको अवसरमा राजविराज १ स्थित हटियामा रहेको राधाकृष्ण मन्दिरमा मेला तथा रमाईलो कार्यक्रमको आयोजना गरेको मन्दिर समितिले जनाएको छ ।
त्यस्तै सोही अवसरमा जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा समेत श्री कृष्ण जन्मष्टमीको कलात्मक मुर्ति निर्माण गरी पुजाआजा तथा मेलाको आयोजना गरी मनाईएको छ ।
त्यस्तै सोही अवसरमा जिल्लाको रम्पुरा मल्हनिया गाविसस्थित कुनौली बोर्डरमा समेत मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी श्री कृष्ण जन्मष्टमी मनाईएको छ भने जिल्लाको बरही विरपुरमा समेत मुर्तिको निर्माणका साथै नाचगान तथा साँस्कृति कार्यक्रमको आयोजना गरी श्री कृष्ण जन्मष्टमी मनाईएको स्थानीय जोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
यस्तै पुर्व पश्चिम राजमार्गको विभिन्न स्थानमा समेत कृष्ण भगवानको कलात्मक मुर्ति निर्माणका साथै नाचगान तथा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ