News Category 2073/05/12
कहिले संचालन हुने हो राजविराज विमानस्थल !
राजविराज÷वर्षौदेखी सबै क्षेत्रबाट उपेक्षित हुँदै आएको राजविराज विमानस्थल अहिले पनि विमानबिहीन नै रहेको छ । विगतमा विभिन्न क्षेत्रबाट विमान उडाउने प्रतिबद्धता एवं सहमति समेत भएको थियो । तर, अहिले त्यस्ता सहमति एवं प्रतिबद्धता कागजमै सीमित भएको छ ।
गत आर्थिक वर्ष पुसमा महिनामा सप्तरी क्षेत्र नं.२ का सांसद अशोक मण्डल अमरले चालु आवको बैशाख महिनाबाट बिमानस्थल संचालनमा ल्याउने आश्वास दिएपनि पनि हाल एक इन्च समेत काम हुन सकेको छ्रैन् ।
जिल्लावासीको सरकारीस्तरसम्म पहुँच नपु्ग्दा तथा राज्यको उदासिनताका कारण समेतले बर्षौको प्रतिक्षापछि पनि सो बिमानस्थल संचालनमा आउँन नसक्नुले हवाई उडानबाट हुन सक्ने जिल्लाको विकास झन झनै पछाडी धकेलिदै छ ।
यता धावण मार्ग कालोपत्रे गर्ने निर्णय गरेको करिब एक दशक वित्नै लागेको छ । यसका लागि जिल्ला विकास समिति सप्तरीले रु. २ करोड बजेट समेत छुट्याएको थियो । जुन अहिले कहाँ छ त्यसको सोधपुछ गर्ने निकाय समेत छैन ।
राजविराज नगरपालिकादेखी ४ किलो मिटर दक्षिणमा पर्ने इटहरी विषणपुर गाविसमा अवस्थित ५५ विघहा क्षेत्र ओगटेको राजविराज विमानस्थल संचालन हुन नसकेपछि अहिले विमानस्थल गौचरणमा परिणत भएको छ ।
वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल बैशाखबाट विमान उडान रद्द गरिएको थियो । विमानस्थल कालोपत्रे नहुनाले विगत १६ वर्षमा पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको छ ।
केही वर्षअघि विमानस्थलबाट हप्ताको दुई पटक सोमबार र बिहीबार तारा एयरवेजले आफ्नो उडन सुरु गरेको थियो । तर, त्यो पनि चर्को भाडादरका कारण यात्रुहरु विमान चढ्न नसक्ने भन्दै उडन बन्द गरेको थियो । त्यसअघि नेपाल वायूसेवा निगमले हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।
यता उडान सेवा बन्द भएपछि सगरमाथा अंचलका जनताहरु विमान चढ्न बिराटनगर र जनकपुर जाने गरेका छन् । हाल सो विमानस्थलमा रहेका केही कर्मचारीहरुले विमानस्थल रेखदेख गर्दै आइरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ