News Category 2073/05/14
सर्वोच्चद्वारा अरुण साहको रिट खारेज
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
नयाँ शक्ति नेपालका सप्तरी संयोजक अरुण कुमार साह ‘अनिल’ को गिरफ्तारीको विरुद्धमा परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
बि.सं.२०५९ सलमा जनयुद्धको बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वाबलम्बन बैकको १६ हजार रुपैया कब्जा गरेकोमा सप्तरी जिल्ला अदालतले २०७१ सालमा उहाँलाई ४९ महिना १५ दिनको जेल सजाय तोकेको थियो ।
यता नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य रामरिझन यादवले अदालतको म्याद तामेलीमा अरुणको फर्जी हस्ताक्षर रहेको र सो को विरुद्धमा परेको रिटलाई सर्वाेच्चले खारेज गरेकोप्रति आफू आश्चर्यचकित भएको जनाउनु भएको छ ।
उहाँले जनयुद्धकालका प्रायः सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सल्ट्याउने समझदारी भईसकेको अवस्थामा साहको मुद्दालाई ब्युताउने तथा उनको विरुद्धमा फैसला गर्नुले षड्यन्त्रको गन्ध रहेको उहाँले अरोप समेत लगाउनुभयो ।
नेता यादवले माओवादी केन्द्रले सप्तरीमा आफ्नो वर्चश्वलाई निरन्तरता दिनकालागि नयाँ शक्तिका प्रभावशाली नेता अरुण साहलाई जेल चलान गर्न लगाएको आरोप समेत लगाउनुभयो ।
उहाँले भन्नुभयो, “माओवादीका नेता शक्ति बस्नेत तथा स्थानीय नेता उमेश यादव मन्त्री रहेकैबेला यसप्रकारको षड्यन्त्रको तानाबुना बुनिएकोले जिल्लावासीको अडकलमा दम रहेको देखिन्छ ।”
यस्तै केन्द्रिय सदस्य यादवले अरुण भन्दा पनि कैयौं संवेदनशिल मुद्दा प्रचण्डमाथि पनि रहेको जानकारी दिँदै तात्कालीन गृहमन्त्री शक्ति बस्नेतको इसारामा अरुणलाई गिरफ्तार गरिएको आरोप लगाउनुभयो । उहँँले भन्नुभयो, “उनीमाथि यो भन्दा पनि ज्यानमार्ने उद्योग खालको मुद्दा अदालतमा विचाराधीन छन् । तर हिजोसम्म एके–४७ बोकी काँधमा काँध मिलाएर दुश्मनको आखाडामाथि हमला बोल्दा शक्ति बस्नेतको आखाँको नानी बनेका अरुण आज नयाँ शक्ति पार्टी, नेपालमा प्रवेश गर्न वित्तिकै कसरी आँखाको कसिङ्गर बन्न पुग्यो भन्ने घतलाग्दो प्रश्नको उत्तर उनीसंग छैन ।”
नेता यादवले भन्नुभयो, “माओवादी अब खायोवादीमा रुपान्तरण भईसक्यो, उसको लागि मूल्य मान्यताको राजनीति धेरै टाढाको विषयवस्तु बनिसकेको लख धेरैले काटेका छन् । अरुणको जेल जीवनले माओवादी केन्द्रलाई मृत्युशैयामा पठाउने छ ।”
यसअघि केन्द्रिय सदस्य यादव अरुणलाई भेट्न जेल पुग्नु भएको थियो । उहाँले अरुणलाई अदालतको फैसलाको बारेमा विस्तृत जानकारी गराउनु भएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ